होम आइसोलेशनमा बस्दा ध्यान दिनुपर्ने कुरा

लक्ष्मण ढकाल
हेल्थ असिष्टेन्ट
बागलुङ नगरपालिका स्वास्थ्य शाखा

कोरोना महामारी बढेसंगै अस्पतालमा बेडको अभाव हुन थालेको छ । यस्तो अवस्थामा कोरोना संक्रमितहरु होम आइसोलेशनमा बसिरहेका छन् । अबका दिनमा अझ बढी यो अवस्था आउन सक्दछ । त्यसकारण होम आइसोलेशनमा बस्दा संक्रमित र संक्रमितको परिवारले धेरै सजगता अपनाउनु पर्ने हुन्छ । सजगता अपनाइएन भने होम आइसोलेशनबाटै कोरोना फैलिन सक्ने सम्भावना प्रबल हुन्छ ।

पहिलो कुरा त कोरोना लागेको मानिसलाई सके सम्म छुट्टै कोठामा राख्नु पर्ने हुन्छ । परिवारको अन्य सदस्यलाई कोरोना नलाग्नका लागी संक्रमितलाई छुट्टै कोठामा राख्ने र शौचालयट पनि छुट्टै प्रयोग गर्नुपर्ने हुन्छ । संक्रमितले प्रयोग गरेको शौचालय बाथरुम सकेसम्म अन्य मानिसले प्रयोग नगरेको राम्रो । तर, घरमा १ वटा मात्र शौचालय छ भने संक्रमितले प्रयोग गरि सकेपछि सेनिटाइज भने राम्रो संग गर्नुपर्ने हुन्छ । संक्रमित बसेको कोठाको झ्याल ढोका खुल्ला राख्नु पर्दछ । हावा छिर्न दिनुपर्ने हुन्छ ।

कोरोना संक्रमितले आफ्नो व्यक्तिगत सरसफाईलाई ध्यान दिनुपर्ने हुन्छ । नुहाउने, नियमित लुगा परिवर्तन गर्ने, सेनिटाईजर प्रयोग गर्ने, माक्स, सेनिटाइजर प्रयोग गर्ने र संक्रमित बसेको कोठा सफा राख्नु पर्ने हुन्छ । संक्रमितले प्रयोग गरेका माक्स, ग्लब्सहरुलाई सुरक्षित साथ खाल्डो खनेर गाड्ने व्यवस्था मिलाउनु पर्ने हुन्छ । संक्रमितले प्रयोग गरेका माक्स र ग्लब्सहरुलाई जथाभाबी फाल्नु हुँदैन । संक्रमितलाई परिवारको सदस्यले विशेष ख्याल गर्नुपर्ने हुन्छ । तातो पानीको विशेष व्यवस्था गर्नुपर्ने हुन्छ । खाना सधै तातो दिने, झोलिलो खानेकुरा बढी खाने, प्रोटिनयुक्त खानेकुरा खानु पर्ने हुन्छ । संक्रमित संग धेरै घुलमिल गर्नु हुदैन । संक्रमितलाई कोठा बाहिर आउन मन लागेको खण्डमा अनिवार्य रुपमा माक्स प्रयोग गरेर मात्र बाहिर निस्कनु पर्ने हुन्छ । आफू कोठा बाहिर निस्कदा अनावश्यक रुपमा जहाँ पनि छुने, ग्लब्स प्रयोग नगर्ने हो भने परिवारका अन्य सदस्यलाई कोरोना सर्न सक्ने सम्भावना बढी हुन्छ ।

कोरोना संक्रमित भएर होम आइसोलेशनमा बसेका मानिसले सामान्य खालका औषधिहरु साथमा राख्न अति जरुरी हुन्छ । सिटामोल अनिवार्य साथमा हुनुपर्दछ । पल्स अक्सिमिटर राख्नु पर्ने हुन्छ । जसले गर्दा संक्रमितको शरीरमा अक्सिजनको मात्र कति छ भनेर समय समयमा थाहा पाउन अति जरुरी हुन्छ । संक्रमितको शरीरमा ९५ भन्दा तल अक्सिजन भएमा तुरुन्तै अस्पताल ल्याउनु पर्ने हुन्छ । थर्ममिटरको पनि अति आवश्यक पर्दछ । थर्ममिटर भएमा समय समयमा ज्वरो जाँच गरेर हेर्नुपर्ने हुन्छ । त्यसकारणले संक्रमितलाई अन्य खालको औषधी सेवन गरिराख्ने हो भने थप सजग हुनुपर्ने हुन्छ । कोरोना लागेका मानिसलाई सबै भन्दा धेरै स्वास प्रस्वासमा समस्या आउने भएकाले सास फेर्ने अफ्टयारो भएमा घोप्टो परेर सुत्नु पर्ने हुन्छ । यसले गर्दा सास फेर्न सहज हुन्छ ।

संक्रमितलाई एकलै बस्दा मनमा धेरै थरि कुरा खेल्न सक्दछन् । त्यसकारण परिवारले बेला–बेलामा संक्रमितलाई सकरात्मक कुरा गरिदिएमा राम्रो हुन्छ । तर, संक्रमित संग कुरा गर्दा टाढै बसेर माक्स प्रयोग गरेर कुरा गर्नुपर्ने हुन्छ । संक्रमितले पनि अनिवार्य रुपमा माक्स प्रयोग गर्नुपर्ने हुन्छ । संक्रमितले पनि अहिलेको समयमा प्रविधिको सवैले प्रयोग गरेको पाइन्छ । सामाजिक संजालमा विभिन्न खालका कुराहरु पढ्न, हेर्न पाईन्छ । तर, संक्रमितले आफूलाई सकारात्मक उर्जा दिने खालका कुराहरु हेर्नु पर्दछ ।

कोरोना संक्रमित भएको घरमा बाल बच्चा, गर्भवती र बृद्धबृद्धा हुनुहुन्छ भने अझ बढी सजगता अपनाउनु पर्ने हुन्छ । बालबच्चा, गर्भवती र बृद्धबृद्धामा छिटो कोरोना सर्न सक्ने भएकाले संक्रमित र परिवारले सजगता अपनाउनु पर्दछ ।

हामीहरुले यी सबै खालको सजगता अपनाउँदा पनि संक्रमितको स्वास्थ्यमा सुधार नआउने शरीरमा अक्सिजनको मात्र कम हुने, स्वास फेर्न गाह्रो हुने हो भने संक्रमितलाई तुरुन्तै अस्पताल ल्याउनु पर्ने हुन्छ । नेपाल सरकार स्वास्थ्य मापदण्डले ९५ प्रतिशत भन्दा तल अक्सिजन भयो भने संक्रमितलाई अक्सिजनको आवश्यकता हुन्छ भनेको छ । त्यसकारण सबै संक्रमितको घर–घरमा अक्सिजन सम्भव नहुने भएकाले अस्पताल आउनु पर्ने हुन्छ । उच्च ज्वरो आउने, रिङ्गटा लाग्ने, पहिले नै कुनै बिरामी भएको र अन्य कुनै रोग देखा परेमा पनि अस्पताल आउनु पर्ने हुन्छ ।

अर्को कुरा गर्भवती महिलाले विशेष ध्यान दिनुपर्ने हुन्छ । गर्भवती महिलालाई कोरोना संक्रमण देखा परेमा तुरुन्तै अस्पताल आउने र डाक्टर संग सल्लाह लिनु पर्ने हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *