बागलुङमा थप दुई संक्रमितको मृत्यु


–आदर्श अनलाइन, बागलुङ
मंगलबार बागलुङमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । मंगलबार एक जना महिलाको धौलागिरी अस्पताल र एक जना पुरुषको होम आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

जिल्लाको ढोरपाटन नगरपालिका–४ निवासी ६६ बर्षिया महिलाको धौलागिरी अस्पतालमा मृत्यु भएको हो । उहाँको मृत्युपछि पिसिआर रिपार्ट पोजेटिभ आएको थियो । स्वास प्रस्वासमा समस्या आएपछि बुर्तिबाङबाट धौलागिरी अस्पतालमा आउनुभएकी उहाँलाई अस्पतालमा भर्ना गर्ने प्रकृयाका बीच मृत्यु भएको हो ।

यस्तै बागलुङ नगरपालिका–४ का ७७ बर्षिया पुरुषको मंगलबार होम आईसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । वैशाख २२ गते गण्डकी मेडिकल कलेजमा उहाँको कोरोना पुष्टी भएको थियो । उहाँ पोखराबाट फर्केलगत्तै होम आइसोलेसनमा रहेको बेला मृत्यु भएको देव प्रकाश घिमिरेले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *