सिइओ शेरचनले पठाए धौलागिरीमा अस्पतालमा ‘रेम्डेसिभिर’ इन्जेक्सन

आदर्श अनलाइन, बागलुङ

बजारमा तिव्र माग भइरहेको कोराना संक्रमितको उपचारका लागि अपनाइँदै आएको ‘रेम्डेसिभिर’ इन्जेक्सन धौलागिरी अस्पताललाई प्रदान गरिएको छ ।

देशभर तिव्र माग भइरहेको उक्त इन्जेक्सन बागलुङमा जन्मिएर हाल राजधानी काठमाण्डौंमा रहेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनले मंगलबार आफ्नो व्यक्तिगत तर्फबाट उपलब्ध गराएका हुन् । यो अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीलाई निशुल्क रुपमा उपलब्ध गराइनेछ ।

‘रेम्डेसिभिर’ इन्जेक्सन प्रदान गर्ने प्रभु बैंकका सिइओ अशोक शेरचन

जिल्ला खेलकुद विकास समिति बागलुङको पहलमा शेरचनले धौलागिरी अस्पताललाई ५० थान ‘रेम्डेसिभिर’ इन्जेक्सन प्रदान गरिएको समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

कोभिड विशेष अस्पतालमा भर्ना गरिएको कडा लक्षणका संक्रमितलाई उपचारका लागि दिइँदै आएको ‘रेम्डेसिभिर’ बजारमा पाउन मुस्किल भएको सूचना पछि तत्कालका लागि ५० थान ‘रेम्डेसिभिर’ इन्जेक्सन पठाएको बताए । ‘यो मानव जीवनकै कठीन संकट हो, यो सरकार या कुनै एकको एकल प्रयासबाट नियन्त्रण सम्भव छैन,’ शेरचनले आदर्श अनलाइनसँग भने, ‘हामी सबै मिलेर सामना गरौ, आवश्यकताका आधारमा थप सहयोगका लागि पनि म प्रतिवद्ध र प्रयासरत रहनेछु ।’

‘रेम्डेसिभिर’ बुझ्दै धौलागिरी अस्पतालका डा.अभिशेक शर्माले अहिलेको समयमा यो इन्जेक्सन उपलब्ध गराउनु सह्रानीय कार्य भएको बताए । ‘यो केही परीक्षण सफल पछि प्रयोगमा छ, अहिले सर्वत्र यसको माग भइरहेको छ, पाइएको छैन, अस्पतालमा नहुँदा बिरामी रेफर गर्नुपर्ने बाध्यता थियो,’ डा.अभिसेकले भने, ‘अब संक्रमितको उपचारमा थप सहज हुनेछ, अस्पतालकै पहलमा पनि आउने क्रममा छ ।’

शेरचनले यसअघिको पहिलो लहरको कोरोना संकटमा पनि धौलागिरी अस्पतालमा पिपिई सहित पत्रकार, विपन्न नागरिक, सामाजिक संघ संस्थालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *