एक नर्सः जसले दिइन् संक्रमितको घरमै पुगेर नि:शुल्क सेवा

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–१ निवासी ६५ वर्षीय संक्रमित होम आइसोलेशनमा हुनुहुन्थ्यो । उहाँले १० वर्षदेखि सुगर तथा उच्च रक्तचापको औषधी सेवन गर्दै आएकाले संक्रमित भएसंगै उहाँ केही हतास मनस्थितिमा हुनुहुन्थ्यो । उहाँले घरमै निशुल्क स्वास्थ्य सेवा तथा मनोमरामर्श सेवा पाउँदा कोरोना जित्न निकै सहज मात्र भएन, थप उत्साह र उर्जा समेत मिलेको बताउनुहुन्छ । अहिले संक्रमण मुक्त समेत भइसक्नुभएको छ । उहाँ जस्तै बागलुङ बजारका ६ संक्रमितले घरमै निःशुल्क स्वंयम्सेवी नर्सबाट सेवा र परामर्श पाएका छन् ।

बागलुङमा लामो समय विभिन्न स्वास्थ्य तथा सामाजिक क्रियाकलापमा सक्रिय बागलुङ नगरपालिका–१ कि स्वास्थ्यकर्मी नितु खड्का अहिले होमआइसोलेशनमा बसेका संक्रमितको उपचार, मनोपरामर्श तथा स्वास्थ्य सेवामा व्यस्त हुनुहुन्छ । बिएमए नर्स रहनुभएकी खड्का यसअघि पनि वेयलनेश नेपालका तर्फबाट नेपालमै पहिलो पटक प्राथमिक उपचार सामाग्री (फस्ट एड बक्स) प्रत्येक घर घरमा पु¥याउने अभियान चलाउनुभएको थियो । उहाँले तीन वर्ष अघिदेखि बागलुङका विभिन्न संघ संस्था संग मिलेर विद्यालय, सवारी साधन तथा घर घरमै प्राथमिक उपचार सामाग्री (फस्टएड बक्स) वितरण समेत गर्नुभयो ।

कोरोनाको दोस्रो लहर संगै संक्रमितको संख्या बढ्दै गएछि आफूले सामाजिक दायित्व बोध गरेर निःशुल्क सेवा दिदै आएको स्वास्थ्यकर्मी खड्काले बताउनुभयो । “कोरोना महामारीमा आफू स्वास्थ्यकर्मी भएको नाताले संक्रमितको उपचारमा सहयोग गर्ने लक्ष्य लिए, अनि फेसवुक मार्फत अभियान चलाएको थिए” खड्काले भन्नुभयो “वैशाख २१ गते देखि आज सम्म फेसबुकको अभियान देखेर फोन गरेका ६ संक्रमितको घरमै पुगेर मनोपरामर्श सहितको स्वास्थ्य उपचार गरिसकेको छु, तीन जनाले कोरोना जित्नुभयो, तीन जना होम आइसोलेशनमै हुनुहुन्छ ।”

घरमै बसेर कोरोना संगै लड्दै गरेका जो कोहीलाई निःशुल्क सेवा दिने उहाँको लक्ष्य छ । उहाँले भौतिक रुपमा पुग्न नसक्ने स्थानका मानिसलाई समेत फोनबाट मनोपरामर्श गर्दै आउनुभएको छ ।
“अझै पनि कोरोना लाग्दा साथ अस्पताल जानुपर्छ, अक्सिजन लगाउनु पर्छ भन्ने छ । धेरै आत्तिने, मानसिक रुपमा तनाव लिने गरेको पाइयो, जटिल अवस्थामा मात्रै अस्पताल जान जरुरी छ, नत्र घरमै संक्रमण मुक्त हुन सकिन्छ” खड्काले भन्नुभयो “संक्रमितलाई स्वास्थ्य सुरक्षाका उपाय, मनोपरामर्श तथा सामान्य औषधी उपचार गर्दै आएको छु ।” संक्रमण हुँदा साथ अक्सिजन लगाउनुपर्ने र अस्पताल पुग्नुपर्ने गलत धारणा विकसित भइरहेको र त्यसकै कारण अस्पताल भरिन थालेको उहाँको भनाई छ ।

आफूले संक्रमितको रक्तचाप, अक्सिजनको मात्रा ठीक भएमा आत्तिन आवश्यक नरहेको बताउँनुभयो । वैशाख २१ गतेदेखि बागलुङमा निषेधाज्ञा जारी छ । जिल्लामा अधिकांश संक्रमित होम आइसोलेशनमा छन् । उनीहरुलाई सामान्य औषधी र मनोपरामर्शले कोरोना जित्न सफल बनाउने खड्काको अभियान हो ।

बागलुङबाटै एक जना भक्तपुरका संक्रमितलाई समेत फोनबाट मनोपरामर्श दिँदै आउनुभएको छ । यस्तो बेलामा मनोपरामर्श औषधी उपचार भन्दा बढी आवश्यक रहेको उहाँको भनाई छ ।
खड्काको अभियान फेसबुकमा देखेर आवश्यक पिपिई लगायत स्वास्थ्य उपकरण सहयोग समेत आएको छ । सामाजिक अभियन्ता पुकार बमको सहयोगमा प्राप्त पिपिईले अहिले संक्रमितको घरमा पुग्न सहज भएको खड्काले बताउनुभयो । कतिपय संक्रमितले आफै पिपिईको जोहो गरिदिएका छन् ।

अहिले संक्रमितलाई मनोपरामर्श संगै ज्वरो, रुघाखोकी, ढाँड दुखाई, भिटामिन सीको कमी लगायतका समस्या देखिएको र सोही अनुसार औषधि सिफारिस गर्ने गरेको बताउनुभयो ।
खड्का वेलनेस समूह नेपालका अध्यक्ष, हाम्रो सानो प्रयास तथा रोट्रयाक्ट क्लव अफ बागलुङमा आवद्ध हुनुहन्छ । स्टाफ नर्स पढ्दा देखिनै सामाजिक तथा परोपकारी कार्यमा जोडिँदै आएको उहाँको भनाई छ ।

केही दिनअगाडि सुदूरपश्चिममा एक स्वास्थ्यकर्मीको निधन भएको थियो । नितुलाई यस्ता समाचारले पीडा दिने गरेको उहाँ बताउनुहुन्छ । भन्छिन्, ‘राज्यले स्वास्थ्यकर्मीहरूको सेवा सुविधामा पनि ध्यान दिनुप¥यो । उपकरणहरू र नयाँ टेक्नोलोजीहरू ल्याउनुप¥यो । राम्रो र सेवा सुविधा दिने सहुलियत शुल्कका अस्पतालहरू खोल्नुप¥यो, उहाँले भन्नुभयो, ‘राज्यको नजरमा सधैँ पेलिँदै आएका स्वास्थ्यकर्मीहरूको महत्त्व जनताले पनि यतिबेला बुझिदिनुपर्ने हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *