पछिल्लो २४ घण्टामा कोरोनाबाट गण्डकीमा १४ जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङ

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप १४ जनाको मृत्यु भएको छ ।

पोखराका विभिन्न अस्पतालमा ९ जना बागलुङको धौलागिरी अस्पतालमा ४ जना र म्याग्दीको बेनी अस्पतालमा १ जना गरी १४ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

योसँग गण्डकी प्रदेशमा मृतकहरुको संख्या ३१८ पुगेको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका–८ का ५० वर्षीय कोरोना संक्रमित पुरुषको बिहिबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २४ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१५ का ६५ वर्षीय कोरोना संक्रमित पुरुषको आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २९ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१२ का ७८ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो राति फिस्टेल अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २९ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–२६ का ६९ वर्षीय कोरोना संक्रमित पुरुषको आज दिउसो मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २५ गते संक्रमण पुष्टि भएको थियो ।

दाङ जिल्लाको लालमटिया–१ का ८० वर्षीय कोरोना संक्रमित पुरुषको आज मणिपालमा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २५ गते संक्रमण पुष्टि भएको थियो ।

बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका–४ का ७७ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान धौलागिरी अस्पताल बाग्लुङमा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २८ गते संक्रमण पुष्टि भएको थियो ।

बाग्लुङ जिल्लाको गलकोट नगरपालिका–२ का ५२ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान धौलागिरी अस्पताल बाग्लुङमा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २२ गते संक्रमण पुष्टि भएको थियो ।

बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ का ५७ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान धौलागिरी अस्पताल बाग्लुङमा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख १९ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१७ का ३० वर्षीय कोरोना संक्रमित पुरुषको आज दिउसो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २८ गते संक्रमण पुष्टि भएको थियो ।

बाग्लुङ जिल्लाको गलकोट नगरपालिका–३ का ६४ वर्षीय कोरोना संक्रमित पुरुषको आज दिउसो धौलागिरी अस्पताल बाग्लुङमा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख १९ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१७ का ७३ वर्षीय कोरोना संक्रमित पुरुषको अस्ति चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख १६ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–७ का ४५ वर्षीया कोरोना संक्रमित महिलाको अस्ति चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २७ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१७ का ४४ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २६ गते संक्रमण पुष्टि भएको थियो ।

म्याग्दी जिल्लाको बेनी नगरपालिका–५ का ४० वर्षीय कोरोना संक्रमित पुरुषको हिजो बेलुका बेनी अस्पताल म्याग्दीमा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २९ गते संक्रमण पुष्टि भएको थियो । पछिल्लो केही दिन यता गण्डकीमा संक्रमितको संख्या समेत ह्वात्तै बढेको छ ।

No photo description available.

May be an image of text

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *