बढ्दो कोरोना रोक्न बागलुङमा १५ दिन निषेधाज्ञा थप

आदर्श अनलाइन, बागलुङ

कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै जिल्लामा १५ दिन निषेधाज्ञा थप गरिएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयले जारी गरेको १० दिनको निषेधाज्ञाको समयसीमा बैशाख ३१ गते भोली शुक्रबार सकिँदैछ ।

कोभिड संकट नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले आगामी जेठ १५ सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले आदर्श अनलाइनलाई बताए । पछिल्लो समय बागलुङमा कोरोना संक्रमण तिव्र बढ्दो छ । बिहीबार मात्रै कोरोना संक्रमणका कारण धौलागिरी अस्पतालमा उपचाररत चार जनाको मृत्यु भएको थियो ।

अहिलेको निषेधाज्ञाका क्रममा बैंक वित्तीय संस्थालाई सुरुवातमा खुल्ला र केही दिन यता आलोपालोमा खुल्ला गरिएको थियो । तर, अब हुने १५ दिनको निषेधाज्ञामा बैंक, वित्तीय संस्थापनि पूर्ण रुपमा बन्द रहने उहाँको भनाई छ ।
हेर्नुहोस् जिल्ला प्रशासन कार्यालयद्धारा जारी विज्ञप्ती

No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *