म्याग्दीमा अक्सिजन बैंक सञ्चालन


सन्तोष गौतम, म्याग्दी

म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ । अस्पताल परिसरमा सञ्चालित अक्सिजन प्रशोधन केन्द्रलाई बैंकको रुपमा परिणत गरिएको हो ।

तीब्र रुपमा फैलिएको कोरोना (भाइरस)का संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन सिलिण्डर संकलन गर्न थालिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । ‘विभिन्न संघ संस्था, कम्पनी र उद्योगसँग भएका अक्सिजन सिलिण्डर संकलन गरेर एकद्धार प्रणालीबाट कोरोना संक्रमितको उपचारका लागि उपलब्ध गराउन बैंक स्थापना गरिएको हो,’ उहाँले भन्नुभयो ‘अक्सिजन बैंकमा विभिन्न क्षेत्रबाट खाली र भरिएका सिलिण्डर संकलन भइरहेको छ ।’

जिल्ला प्रहरी कार्यालयले बिहीबार बेनी बजारका विभिन्न ठाउँबाट २२ वटा अक्सिजन सिलिण्डर संकलन गरेर बेनी अस्पताललाई उपलब्ध गराएको छ । प्रहरी नायव उपरीक्षक श्यामकुमार राई र राष्ट्रिय अनुसन्धानका प्रमुख अनुसन्धान अधिकृत महेश गुरुङको टोलीले संयुक्त अनुगमन टोलीले सिलिण्डर संकलन गरेको थियो ।

आठ वटा पसल, ग्यारेज तथा उद्योगमा रहेका ११ वटा १२ वटा भरिएको र १० वटा खाली सिलिण्डर संकलन गरेर प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको उपस्थितिमा हस्तान्तरण गरिएको प्रनाउ राईले बताउनुभयो ।

कोरोनाका संक्रमितको संख्या बढेसँगै देशभर अक्सिजनको अभावमा उपचार प्रभावित बनेको छ । म्याग्दीमा पनि अक्सिजन अभावको अवस्था आउन नदिन अक्सिजन सिलिण्डर संकलन र भरेर राख्ने व्यवस्था मिलाइएको प्रजिअ अधिकारीले बताउनुभयो ।

एक पटकमा तीन वटा सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ । अक्सिजन उत्पादन केन्द्रको पुर्वाधार निर्माण र औजार खरिद तथा जडान गर्न ६३ लाख रुपैयाँ खर्च भएको छ । सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा ७५ लाख रुपैयाँ बजेट पठाएकोमा प्रतिस्पर्धामार्फत ४३ लाख रुपैयाँमा अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *