आदर्श अनलाईन, बागलुङ
निसीखोला गाउँपालिका वडा नम्बर २ काल्नेचौरमा माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु भएको छ ।
शुक्रबार घर नजिकै माटो खन्ने क्रममा पुरिएर स्थानीय ३३ वर्षीया भवी कुँवर र उनका १२ वर्षीय माइलो छोरा सुरेश कुँवरको मृत्यु भएको वडा अध्यक्ष कुविर विकले जानकारी दिनुभयो ।
माटोले पुरिएको केही बेरमै स्थानीयले उनीहरुको मृत अवस्थामा उद्धार गरिएको अध्यक्ष विकले बताउनुभयो ।