एकै वार्डका १५ सहित बागलुङमा थप २२ जनामा कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङ

बागलुङमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्ये १५ जना एउटै वडाका रहेका छन् ।

धौलागिरी अस्पता बागलुङमा गरिएको परीक्षणमा बागलुङ नगरपालिका वडा नम्बर ४ का १५ जना र अन्य वडाका ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनु भयो ।

उनीहरु सबैको धौलागिरी अस्पताल र बागलुङ नगरपालिकाले स्वाब लिएको थियो । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २०४१ पुगेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
शनिबार ५० जना कोरोना मुक्त भएको घिमिरेको भनाई छ ।

हाल जिल्लामा ६९६ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमणबाट २३ जनाले ज्यान गुमाएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *