म्याग्दीमा बढ्यो कोरोना: एकै दिन २ सय ३० जनामा संक्रमण पुष्टि

फाइल तस्बिरः बेनी बजार

आदर्श अनलाइन, बेनी

म्याग्दीमा शनिवार थप २ सय ३० जनामा कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले अपरान्ह जारी गरेको अपडेट अनुसार १ सय जना महिला र १ सय ३० जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

बेनी नगरपालिका ४ का एक पुरूषको कोरोना संक्रमणका कारण पोखरामा उपचारका क्रममा मृत्यु समेत भएको छ ।

समुदायस्तरमा कोरोना संक्रमण बढेपछि स्थानीय तहले समुदाय स्तरमा पुगेर पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेका थिए । कोरोना बढ्दै गए पछि अहिले म्याग्दीमा लकडाउन गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *