बागलुङमा संक्रमित महिला आइसोलेशनमै सुत्केरी

डम्मर बुढा मगर, बागलुङ
बागलुङको गलकोट नगरपालिका वडा नम्बर ६ कि २८ वर्षिया युवती बैशाख ३० धौलागिरी अस्पतालमा भर्ना भइन् । कोरोना संक्रमण पुष्टि भएर अस्पतालमा भर्ना भएकी युवती गर्भवती थिइन् । उनीसँगै उनका ३० वर्षिय पति पनि संक्रमित छन् । गाउँमा कोरोनाको सामान्य लक्षण देखिएपछि दुई जनाले नजिकको स्वास्थ्य संस्थाम स्वाब दिएका थिए । र बैशाख ३० गते कोरोना संक्रमण पुष्टि भयो ।

कोरोना संक्रमण पुष्टि भए पनि आफूहरुमा कुनै पनि लक्षण नदेखिएको र स्वास्थ्य अवस्था ठीक भएको हुँदा होम आइसोलेशनमा बसेका थिए । शुक्रबार गर्भवती श्रीमतिको स्वास्थ्यमा समस्या आएपछि ति युवाले वडा अध्यक्षलाई फोन गरेर एम्बुलेन्सको व्यवस्थान गरेर बागलुङ ल्याएका थिए । श्रीमती प्रसुती हुने मिति जेठको ९ गते भएको हुँदा उनी आत्तिएर अस्पताल ल्याए । तर, युवतीलाई अन्य समस्या नभई सुत्केरी ब्यथा लागेको रहेछ ।

शुक्रबार दिउँसो एक बजे गलकोटबाट उनीहरु बागलुङ आइपुगेर तत्कालै अस्पताल पुगे ।अस्पतालले उनीहरुको स्वास्थ्य अवस्था बुझेर अस्पताल भर्ना ग¥यो । अस्पतालले दुबै जनालाई आइसोलेशनमा भर्ना ग¥यो । विहानैदेखि सामान्य बिरामी रहेकी युवतीलाई ४ बजे सुत्केरी ब्यथा लाग्यो । अस्पतालका स्वास्थ्यकर्मीको सहयोगमा ति युवतीले ४ बजे समान्य रुपमै बच्चा जन्माई ।
युवती दोस्रो सन्तानको आमा बनिन् । उनले दोस्रो सन्तानको रुपमा छोरी जन्माइन । बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य भएको हुँदा अस्पतालले उनीहरुलाई होम आइसोलेशनमा बस्न सुझाउँदै शनिबार विहान डिस्चार्ज ग¥यो । कोरोना संक्रमण बढि रहेको बेला पनि जोखिमका बिच स्वाथ्यकर्मीले युवतीलाई सहज रुपमा प्रसुती गराएका छन् ।

संक्रमित महिलामा सामान्य लक्षण भएको र बिस्तारै निको हुँदै गएको हुँदा उनलाई डिस्चार्ज गरेको धौलागिरी अस्पतालकी नर्सिङ अफिसर शान्ती भण्डारीले बताउनुभयो । उनको समान्य रुपमै प्रसुति गराउन सफल भएको र अस्पतालमा राख्दा बच्चालाई संक्रमण बढ्ने खतरा भएपछि तत्काल डिस्चार्ज गर्नु परेको भण्डारीले बताउनुभयो ।

‘उहाँका कोरोनाको त्यस्तो लक्षण पाइएन, स्वास्थ्य अवस्था सामान्य छ, बच्चाको अवस्था पनि राम्रो छ, उहाँमा भएको संक्रमण पनि बिस्तारै हराउँदै गएको पाइन्छ, त्यसले गर्दा उहाँ र बच्चालाई थप संक्रमण हुन सक्ने हुँदा डिस्चार्ज गरेका हौँ,’ भण्डारीले भन्नुभयो ‘स्वास्थ्यमा केही समस्या भए खबर गर्न भनेका छौँ, त्यस्तो धेरै समस्या नआउला ।’

उहाँले श्रीमान–श्रीमती नै संक्रमण भएको हुँदा अस्पतालमा भन्दै घरमै रेखदेख र खानपान राम्रो हुने भएकाले होम आइसोलेशनमा सुरक्षित भएर बस्न आग्रह गरेको बताउनुभयो । ‘उहाँहरु दुबै जना संक्रमित हुनुहुन्छ, घरमा भएपछि सुत्केरीको राम्रो स्याहार सुसार हुन्छ, यहाँ भयो भने त खानपान पनि राम्रो हुँदैन र स्याहार सुसार पनि हुँदैन,’ उहाँले भन्नुभयो ‘घरमा त परिवारका अरु सदस्यले पनि बाहिरबाट सहयोग गर्न सक्नुहुन्छ, आमा र बच्चाको ख्याल राम्रो हुने हुँदा घरमै पठाएका हौँ ।’

अहिले उनीहरु गलकोट नगरपालिका वडा नम्बर ६ स्थित आफ्नै निवासमा होम आइसोलेशनमा रहेको संक्रमित युवाले बताए । आफ्नो गाउँमा सानो किराना पसल भएको पसलमा आउने जाने मान्छेहरुबाट आफूहरुमा सरेको हुन सक्ने उनले बताए ।

‘हामी कतै घुम्ने डुल्ने गरेका थिएनौँ, कतै भिडभाडमा पनि गएका थिएनाैँ, गएको भए त्यहीँबाट स¥यो होला भन्न हुन्थ्यो,’ उनले भने ‘घरमा सानो–सानो किराना पसल छ, मान्छे आउँथे त्यहीबाट सरेको जस्ता लाग्छ, कोरोना लागेको रिपोर्ट त आयो तर हामीमा त्यस्तै कुनै लक्षण देखिएको छैन ।’
स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले कोरोनाको संत्रकटमा पनि गर्भवती महिलाहरुलाई सहज रुपमा सेवा पर्दान गर्नका लागि व्यवस्था मिलाइएको बताउनुभयो । घिमिरेले संक्रमण तीव्र रुपमा फैलिएको अवस्थामा गर्भवती महिला र अन्य बिरामीहरुका लागि पनि अस्पतालमा व्यस्थापन गरेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *