पत्रकार महासङ्घले कल्याणकारी कोष बनाउने

आदर्श अनलाइन, तनहुँ
नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले कल्याणकारी कोष स्थापना गर्ने भएको छ । शाखाको शनिबार भर्चुअच माध्यमबाट सम्पन्न बैठकले कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको हो । कल्याणकारी कोष स्थापनाका लागि पत्रकार, शुभेच्छुक र सहयोगी संस्थालाई सहयोग गर्न आग्रह गरिएको सङ्घका अध्यक्ष उज्वल पौडेलले बताउनुभयो ।

बैठकले क्रियाशील पत्रकारहरूको दुर्घटना बीमाका लागि आर्थिक सहयोग गर्ने व्यास नगरपालिकालाई धन्यवाद ज्ञापन गरेको छ । कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण दिनप्रतिदिन बढिरहेकाले स्वास्थ्य सावधानी अपनाई पेशागत कर्तव्य निर्वाह गर्न महासङ्घले सञ्चारकर्मीलाई आग्रह गरेको छ ।

उद्योग वाणिज्य सङ्घद्वारा सहयोग

तनहुँ उद्योग वाणिज्य सङ्घले खडा गरेको कोभिड सङ्कट व्यवस्थापन महाअभियान कोषमा रु पाँच लाख भन्दा बढी सङ्कलन भएको छ । महामारीम खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, निजामति कर्मचारी, स्वयंसेवी लगायत सबैको उत्साह, आत्मबल र सेवाको भावना अभिवृद्धि गर्न, सामूहिक आइसोलेशन कक्ष निर्माणमा सङ्घ जुटेको छ । यसैगरी स्वास्थ्य सामग्री व्यवस्थापनका लागि खडा गरिएको कोषमा छोटो समयमै रु पाँच लाख १२ हजार ४१६ सहयोग जुटेको सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *