बागलुङमा एकैदिन थप ९४ जनामा कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङ

बागलुङमा एकै दिन थप ९४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पताल बागलुङमा गरेको परीक्षणमा बागलुङ नगरपालिकाका ५६ जना र काठेखोला गाउँपालिकाका ३८ जना गरि ९४ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका काेभिड-१९ फाेकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयाे ।

बागलुङ नगरपालिका वडा नम्बर १ का ३७, ३३, ५० र ३० वर्षीय चार जना पुरुष र ५०, ४६, ३७, २९ र ४० वर्षीया पाँच जना महिला, वडा नम्बर २ का ५१, ५१, ४२ र ५० वर्षीय चार जना पुरुष र ३१, ३९, ३५ र ४५ वर्षीया चार जना महिला, वडा नम्बर ३ का ३३ र २८ वर्षीय दुई जना पुरुष र १८ र २५ वर्षीया महिला, वडा नम्बर ४ का ३७ र ४६ वर्षीय दुई जना पुरुष र ६७ र २३ वर्षीया दुई जना महिला, वडा नम्बर ५ का ५५, १७, ४६, १८, ५५, १५, ४९, ४९, ३१, २८, ३६, ७२, ५८ र ६६ वर्षीय १४ जना पुरुष र ६१, ३९, ५०, ५३, २६ र ३४ वर्षीया छ जना महिलालाई संक्रमण पुष्टि भएको फोकल पर्सन घिमिरेले बताउनुभयाे ।

बागलुङ नगरपालिका वडा नम्बर ६ का ३० वर्षीय एक जना पुरुष र २० वर्षीया एक जना महिला, वडा नम्बर ७ का ५९ र ४४ वर्षीय दुई जना पुरुष र २६ र ६१ वर्षीया दुई जना महिला, वडा नम्बर ९ का २३ र ८४ वर्षीया दुई जना महिला, वडा नम्बर १२ का ३० वर्षीय एक जना पुरुष र वडा नम्बर १३ का २५ वर्षीय एक जना पुरुष र ४७ वर्षीया एक जना महिलालाई संक्रमण पुष्टि भएको फोकलपर्सन घिमिरेले जानकारी दिनुभयाे ।

वडा नम्बर ३ धम्जाका ५७, ४०, ५२, २३, २६, ५८, ३०, ६३, ६४, ५६, ३५, ५०, ७०, ३२, १३, ४४, ३३, २८ र ५५ वर्षीया १९ जना महिला र ६०, ४८, २९, ३८, ३८, ३५, ६८, ७१, ३४, ७८, ३१, ३१ र ३३ वर्षीय १३ जना पुरूषलाई कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका ८२ वर्षीय एक जना पुरुष र ६२, २०, ४०, २१ र ४६ वर्षीया ५ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको फोकलपर्सन घिमिरेले बताउनुभयाे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *