–आदर्श अनलाइन, बागलुङ
श्वासप्रश्वासमा समस्या भएपछि बागलुङकी एक युवतीलाई काठमाडौं लगिएको छ । सफल पोलिक्लिनकमा उपचाररत बागलुङ नगरपालिका–२ की ३२ वर्षीया युवतीको अक्सिजन मात्रा घटेपछि सोमबार काठमाडौं लगिएको हो ।
आइतबार राति श्वासप्रश्वासमा समस्या भएपछि सफल पोलिक्लिनकमा भर्ना युवतीलाई थप उपचारको लागि काठमाडौंको भैसिपाटीमा रहेको मेडिसिटि अस्पताल पठाइएको बागलुङ नगरपालिका वडा नम्बर २ का वडा सदस्य अर्जुन घिमिरेले जानकारी दिनुभयो ।
उनका अनुसार सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौं लगिएको हो । लकडाउनको कारण घरमै बसिरहेको अवस्थामा श्वाप्रश्वासमा समस्या भएपछि काठमाडौं लगिएको बताइएको छ ।