कोरोना संक्रमणबाट बागलुङमा थप २ जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङ
बागलुङमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । काठेखाला गाउँपालिकाका एक पुरुष र बडिगाड गाउँपालिकाकी एक महिलाको मृत्यु भएको हो ।

धौलागिरी अस्पतालमा काठेखोला गाउँपालिकाका ७९ वर्षीय पुरुष र बडिगाड गाउँपालिका वडा नम्बर ४ मा ७७ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

काठेखोला गाउँपालिका ८९ वर्षीय पुरुष बैशाख २८ गते संक्रमण पुष्टि भएको थियो भने उनी स्वास्थ्यमा समस्या आएपछि २५ गते नै अस्पतालमा आएमो घिमिलेको भनाई छ ।

बडिगाड गाउँपालिका वडा नम्बर ४ की ७७ वर्षीया महिलामा २२ गते कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो । योसँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *