आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धौलागिरी अस्पताल बागलुङमा गरिएको परीक्षणमा बागलुङ नगरपालिका, तमानखोला गाउँपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकाका १ सय ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
धौलागिरी अस्पतालले संकलन गरेको ४३ जनाको स्वाब मध्ये ३३ जना, तमानखोला गाउँपालिकाले संकलन गरेको ४६ जनाको मध्ये ३३ जना, जैमिनी नगरपालिकाले संकलन गरेको ६२ जनाको मध्ये ३० जना, काठेखोला गाउँपालिकाले संकलन गरेको १३ जनाको मध्ये ८ जना र बागलुङ नगरपालिकाले संकलन गरेको ३८ जनाको मध्ये २६ जनामा संक्रमण पुष्टि भएको घिमिरेले बताउनुभयो ।
२ सय दुई जनाको स्वाब परिक्षण गर्दा १ सय ३० जनालाई संक्रमण पुष्टि भएको उहाँको भनाई छ । यो तथ्याङ्कलाई हेर्दा जिल्लामा कोरोना संक्रमणको दर अझै धेरै बढ्ने संभावना देखिन्छ ।