विहानै ५.८ रेक्टरको भूकम्प गयो, धौलागिरीमा पनि धक्का महसुस

लमजुङ केन्द्र भएर गएको भूकम्पले भत्किएको घर ।

आदर्श अनलाइन,बागलुङ

आज बुधवार विहानै भुकम्प गएको छ ।

लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको हो । बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको धौलागिरी लगायत देशका बिभिन्न स्थानमा धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो । भुकम्पले लमजुङ लगायतका स्थानमा केही क्षति पनि गरेको छ । यद्यपि क्षतिको पुरा विवरण भने आउन बाँकी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *