आदर्श अनलाइन, पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक सल्लाहकार हेरफेर गरेका छन् । उनले उक्त पदमा लमजुङ सुन्दरबजारका डा भीष्म अधिकारीलाई नियुक्त गरेका छन् ।
अधिकारीको नियुक्ति सँगै यसअघिका सल्लाहकार गोविन्दबहादुर नेपाली पदमुक्त भएका छन् ।सल्लाहकार अधिकारी संविधान सभा सदस्य हुन् । नेपाली नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिव छन् ।