बागलुङमा १२९ जनाको स्वाब परीक्षण गर्दा ७० जनामा कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ७० जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, बरेङ गाउँपालिका र धौलागिरी अस्पतालले संकलन गरेको १ सय २९ जनाको स्वाबको परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको उहाँको भनाई छ ।

धौलागिरी अस्पतालले संकलन गरेको २३ जनाको नमुना परिक्षणमा १९ जना बरेङ गाउँपालिकाले संकलन गरेको ५५ जनाको नमुना परिक्षणबाट १३ जना, बागलुङ नगरपालिका वडा नम्बर १२ मा संकलन गरिएको २० जनाको नमुना परिक्षणमा २० जना, काठेखोला गाउँपालिकाले संकलन गरेको १६ जनाको नमुना परिक्षणमा १३ जना र बागलुङ नगरपालिकाले काभ्रेमा संकलन गरिएको १५ जनाको नमुना परिक्षणमा ५ जनालाई संक्रमण पुष्टि भएको फोकल पर्सन घिमिरेको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *