श्रीमतिको हत्या गर्ने श्रीमान पक्राउ

आर्दश अनलाइन, बारा  
जितपुर सिमरा उपमहानगरपालिका ३ बजनी छिमेकी टोलका ५६ वर्षीय हरिबहादुर कार्कीलाई श्रीमतिको हत्या आरोपमा बारा प्रहरीले पक्राउ गरेको छ । 

कार्कीले आफनो श्रीमति ४५ वर्षीय पार्वती कार्कीलाई आफनो घरको माथिल्लो तल्लामा ईटाले टाउकोमा प्रहार गरी कर्तव्य गरी मारी फरार रहेको अभियोगमा बुधबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिनु भयो । 

कार्कीले गत वैशाख ९ गते कर्तव्य गरी मारेको प्रनाउ मिश्रले जानकारी दिनुभयो । कार्कीले श्रीमतिलाई हत्या गरी फरार थिए । इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका २ बाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रनाउ मिश्रले जानकारी दिनुभयो । 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *