लकडाउनमै बागलुङ जेसिजको इनलाइटइन–८ कार्यक्रम सुरु

आदर्श अनलाइन, बागलुङ
बागलुङ जेसिजले भर्चुअल रुपमा इनलाइटइन ८ (ज्ञानको आठ दिन) कार्यक्रम सुरु गरेको छ ।
कार्याक्रमको पहिलो दिन महामारी र वित्तिय चुनौति विषयमा अन्र्तक्रिया गरेको छ ।

कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अहिले कोरोना महामारीमा वित्तिय चुनौति र अर्थतन्त्रमा कारोनाले पारेको असरको विषयमा आफ्ना धारणा राख्नु भएको थियो । उहाँले नेपाल रेमिट्यान्सले चल्ने देश भएकोले नेपालमा बाहिरबाट रेमिट्यान्स भित्रिएको हुँदा अहिलेको अवस्थामा पनि देशको अर्थतन्त्रलाई असर नपुगेको बताउनु भयो । उहाँले रेमिट्यान्सले चल्ने देश नेपाल भएता पनि सरकारले आफ्ना विदेशिएका नागरिकको समस्या भने पहिचान गर्न नसकेको बताउनु भयो ।

कोरोना महामारीमा पनि अर्थतन्त्र चलायमान भएको शेरचनको भनाई थियो । उहाँले अहिलेको ९ महिनाको कुरा गर्दा सबै भन्दा बढी लगानी शेयर बजारमा भएको भन्दै शेयर बजारमा लगानी गर्दा धेरै सोच बिचार गर्नुपर्ने बताउनु भयो । शेयर बजारमा लगानी गर्ने भनेको पानीको फोका जस्तो भएकाले ध्यान दिएर बुझेर मात्र लगानी गर्न शेरचनले सुझाब दिनुभयो । यो समयलाई व्यावसायिक प्रयोजनमा समर्पित गर्नुपर्नेमा जोड दिँदै लकडाउनको समयमा अब आफ्नो व्यवसायलाई कसरी अगाडी बढाउने भन्ने विषयमा योजना बनाउनु पर्ने बताउनु भयो । कोरोना महामारीले बेरोजगारी बढाएको, व्यवसायहरु बन्द, उत्पादन कम र मानसिक तनाब बढेकाले यस्तो समयमा आत्मबल बढाउने र योजनाबद्ध रुपमा अगाडि बढ्नुपर्ने कुरामा शेरचनले जोड दिनुभयो । उहाँले यो समयमा डिजिटल माध्यमबाट पनि आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउन सकेमा संकटमा पनि अवसर सिर्जना गरेर उदाहरणीय बन्न सकिने बताउनुभयो ।

कार्यक्रममा नेपाल जेसिजका क्षेत्र ख का निरुपित राष्टिय कार्याकारिणी उपाध्यक्ष भोजराज चापागाइले कोरोना महामारीमा पनि बागलुङ जेसिजले कोरोनाले समाजमा पारेको प्रभावलाई लिएर इनलाइटन ८ कार्यक्रम गर्नु सकरात्मक भएको बताउनुभयो । कार्यक्रम सफलताको शुभकामना दिदै लकडाउनको समयमा खाली बस्नु भन्दा केही न केही सिर्जनशील कुरा गरेर आफ्नो जीवनलाई सकरात्मक बाटोमा लैजान सहयोग गर्ने चापागाईको भनाई थियो ।

कार्यक्रममा बागलुङ जेसिजका पूर्व अध्यक्ष जोहन बज्राचार्यले प्रमुख वक्ताको परिचय र कार्याकारिणी उपाध्यक्ष साधना पन्तले जेसिजको आस्था पाठ, जेसिज मिसन र जेसिज भिजनको अगुवाई गर्नुभएको थियो । कार्याक्रममा बागलुङ जेसिजका अध्यक्ष आनन्द प्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्याक्रममा निर्वतमान अध्यक्षय सुरेन्द्र शाक्यको स्वागत मन्तव्य र थिम डाईरेक्टर अञ्जिला श्रेष्ठको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

बिहिबारदेखि सुरु भएको इनलाइटन ८ कार्यक्रममा शुक्रबार जीवन उपयोगी सिप, शनिबार साइबर सुरक्षा, आइतबार महामारीमा बालबच्चाको अभिभावकत्व, सोमबार वर्तमान विषम परिस्थिती र उद्योग व्यवसाय, मंगलबार शेयर बजार र म, बुधबार कोरोना र हामी र अन्तिम दिन शुक्रबार अन्योलग्रस्त राजनीति र युवाको भविष्य विषयमा जुम मार्फत कार्याक्रम हुने बागलुङ जेसिजका महासचिव प्रकाश आचार्यले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *