कोरोना संक्रमणबाट काठेखोलाका एक पुरुषको मृत्यु

फाइल तस्बिर

आदर्श अनलाइन, बागलुङ
कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ ।

काठेखोला गाउँपालिका वडा नम्बर ७ का ८२ वर्षीय पुरुषको बिहिबार राति ८ बजे मृत्यु भएकाे स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

उहाँलाई जेठ २ गते संक्रमण पुष्टि भएको घिमिरेको भनाई छ । होम आइशोलेसनमा बस्नु भएका बृद्धको स्वास्थ्यमा समस्या आएपछि अस्पताल लैजान लाग्दा घरमै मृत्यु भएको बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *