फेयरमेड फाउन्डेसनले दियो बागलुङका छ स्थानीय तहलाई स्वास्थ्य सामग्री

आदर्श अनलाइन, बागलुङ
कोरोना रोकथाममा प्रयोग हुने स्वास्थ्य सामग्री बागलुङका विभिन्न स्थानीय तहमा अभाव हुन थाले पछि फेयरमेड फाउन्डेसनले स्वास्थ्य सामग्री सहयोग गरेको छ । ग्रामीण स्वास्थ्य सुधार परियोजना सञ्चालन गर्दै आएको फेयरमेड फाउन्डेसनले जिल्ला समन्वय समिति र स्वास्थ्य कार्यालयमार्फत ६ वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलबध गराएको हो ।

स्थानीय सेवा प्रदायक संस्था विवाइसीका अध्यक्ष मणीभद्र शर्माका अनुसार स्थानीय तहलाई न्युब्लुजार २० थान, पल्स अक्सोमिटर ५० थान, मेडिकल मास्क दश हजार, केएन ९५ मास्क २५० थान, ग्लोभ्स पाँच सय थान, फेससिल्ड २ सय थान, सुजकभर पाँच सय थान, सर्जिकल क्याप चार सय, सेनिटाईजर तीन हजार लिटर, सेनिटाईजर वितरण गर्ने बोटल ५० थान प्रदान गरिएको हो ।

जिल्लाको ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमान गाउँपालिका, बडिगाड गाउँपालिका, गलकोट नगरपालिका र बरेङ गाउँपालिकाको स्वास्थ्य शाखालाई आवश्यकताको आधारमा स्वास्थ्य सामग्री उपलब्ध गराउने स्वास्थ्य कार्यालयका बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । स्वास्थ्य सामग्री सम्बन्धीत स्थानीय तहसम्म पुर्याउन फाउन्डेसनले सहयोग गर्ने फेयरमेड फाउन्डेसनका कार्यक्रम गणेश बरुवालले जानकारी दिनुभयो ।

फेयरमेड फाउन्डेशनसँगको समन्वय ग्रामीण स्वास्थ्य सुधार परियोजनामार्फत पश्चिम बागलुङका ६ पालिकामा स्वास्थ्य सुधारकाको कार्यक्रम सञ्चालन गर्दै आएको छ । दुर दराजमा रहेका जनताको सहज स्वास्थ्य सेवा र अन्य विकासको संस्थाले निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा २०१८ देखि कार्यक्रम सुरु गरेको थियो ।

संस्थाले बडिगाड गाउँपालिका, बरेङ गाउँपालिका, गलकोट नगरपालिकामा २०२० देखि सुरु गरी हाल बागलुङ जिल्लाका ६ स्थानीय तहमा स्वास्थ्य क्षेत्रमा कार्यक्रम विस्तार गरि रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *