व्यास नगरपालिकाले संक्रमित मृतकका परिवारलाई १० हजार

आदर्श अनलाइन, तनहुँ
व्यास नगरपालिकाले कोभिड-१९ को संक्रमणका कारण ज्यान जानेका परिवारलाई १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

शुक्रबार बसेको नगर कार्यपालिका बैठकले यसरी मृत्यु हुने विपन्न परिवारलाई सम्बन्धित वडाको सिफारीसमा नि: शुल्क सव-वाहन र काजकृया खर्च वापत रकम सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

बैठकले कोभिड-१९ बाट संक्रमित भई उपचाररत विपन्न एवं मजदुर परिवारलाई पाँच हजार रुपैयाँ उपचार एवं राहत सुविधा उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

बैठकले कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचार कार्यमा खटिने कर्मचारीहरुलाई कार्य प्रकृति र त्यसको जोखिमलाई मध्यनजर गरि शुरु तलब स्केलमा २५% देखी १००% सम्म जोखिम भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

व्यास नगरपालिकाको संयोजनमा  व्यास-१० दुम्सी बजारमा  भवनमा PCR परिक्षण प्रयोगशाला निर्माण गर्न भएको निर्णय अनुमोदन गरि खरिद ऐन अनुसार खरीद प्रक्रिया अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।

नगरपालिकाले यस कार्यमा गण्डकी प्रदेश सरकार, संघीय सरकार र सबै तहका जनप्रतिनिधि, सामाजीक संघ संस्थाहरुका साथै सरकारी एवं गैह्र सरकारी संघ संस्थाहरुलाई सहयोगका लागि अनुरोध पनि गरेको नगर प्रवक्ता मोहन कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा छ  ।

नगर प्रमुख न्यौपानेको अध्यक्षतामा बसेको बैठकले  नगर अस्पताल स्थापना गर्न र आफ्नै अक्सिजन प्लान्ट निर्माण गर्न विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुसंग सहकार्यका लागि आह्वान गर्ने  निर्णय पनि गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *