बागलुङमा एक संक्रमितको होमआइशोलेसनमा मृत्यु


आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बागलुङ जिल्लाको गलकोट नगरपालिका–२ नरेठाटी स्थित ६६ वर्षीया महिलाको आइतबार बिहान ८ बजे निधन भएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

मृत्यु भएको महिलाको जेठ ६ गते कोरोना संक्रमण पुष्टी भएको थियो । यो संगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *