दीपक मनाङेद्वारा मन्त्री पदकाे सपथ

आदर्श अनलाइन, पोखरा
मनाङबाट निर्वाचित स्वतन्त्र प्रदेश सभा सदस्य राजिव गुरूङ (दीपक मनाङे) ले गण्डकी प्रदेशकाे मन्त्रीकाे सपथ लिनुभएकाे छ । गण्डकी प्रदेश प्रमुख सीतादेवी पाैडेलले आज उहाँलाई सपथ गराउनु भएकाे हाे ।

उहाँलाइ प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले युवा तथा खेलकुद मन्त्रीका रुपमा नियुक्त गर्नु भएकाे थियाे । यसअघि पनि उहाँ मन्त्री पदमा नियुक्त हुनुभएकाे थियाे ।

बैशाख २६ गते प्रदेशका मुख्यमन्त्री गुरुङले पदबाट राजिनामा दिनुभएकाे थियाे । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता तथा मुख्यमन्त्री गुरुङको सरकारविरुद्ध नेपाली काङ्ग्रेस, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र जनता समाजवादी पार्टीले वैशाख २ गते २८ जना सांसदको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

त्यस उपर बैशाख २७ गते गण्डकी प्रदेश सभामा मतदान हुने कार्यक्रम थियाे । यस अगावै मुख्यमन्त्री  गुरुङले राजीनामा दिनुभएकाे थियाे ।

उहाँकाे राजिनामा पछि प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र दलहरूलाई नयाँ सरकार गठनका लागि आह्वान गर्नुभयाे  ।दलहरूले बहुमत प्रदेश सांसदहरुकाे हस्ताक्षरसहित सरकार गठनका लागि दाबी पेश गर्न नसके पछि प्रदेशमा सबभन्दा ठूलो दल एमालेका नेता गुरुङ बैशाख २९ गते पुन मुख्यमन्त्री बन्नु भएकाे हाे ।

उहाँकाे मन्त्रीमण्डलमा पुरानै मन्त्रीहरु दाेहरिएका छन् ।बहुमत प्रदेश सदस्यहरुकाे समर्थन नभएर अल्पमतकाे सरकारकाे नेतृत्व गर्ने मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *