बागलुङ नगरपालिकामा अन्तराष्ट्रिय स्तरको ‘टेलिमेडिसिन’ सेवा


–एसके जिएम, बागलुङ
कोरोना कहरका कारण विभिन्न माध्यमबाट समेत मनोपरामर्श र औषधी उपचार समेत भइरहेको अवस्थामा बागलुङ नगरपालिकामा भने अन्तरािष्ट्रय स्तरको स्वास्थ्य सेवा प्रदान गर्न ‘टेलिमेडिसिन’ कार्यक्रम ल्याइएको छ ।

बागलुङ नगरपालिकाको पहलमा नगरपालिकामा यो पाइलट प्रोजेक्टका रुपमा शुरु हुन थालेको नगर स्वास्थ्य शाखाले जनाएको छ । उक्त कार्यक्रमले जटिल प्रकारका स्वास्थ्य समस्या गाउँकै स्वास्थ्य चौकीबाट समाधान गरिने छ । जस्मा अनलाईन मार्फत विदेशी विशेषज्ञ डाक्टरहरु समेत उपचार तथा परामर्शमा सहभागी हुनेछन् ।

यसबाट जटिल तथा दिर्घरोगीले बढी स्वास्थ्य सेवा तथा परामर्श पाउने बागलुङ नगरपालिकाको अपेक्षा रहेको छ । बागलुङ नगरपालिका, एन.आर.एन युके र अन्तराष्ट्रिय बागलुङ समाजले संयुक्त सहकार्यमा नगरपालिकामा नमूनाका रुपमा उक्त ‘टेलिमेडिसिन’ कार्यक्रम शुरु हुन थालेको बताएको छ ।कुनैपनि स्वास्थ्य सम्बन्धी जटिल समस्या आएमा स्थानीय स्वास्थ्यकर्मीले काठमाण्डौं पोखरा रेफर गर्नु पर्ने अवस्था रहदै आएकोमा अनलाईनको माध्यमबाट विभिन्न देशमा रहेका विषय विशेषज्ञ डाक्टहरुको सल्लाह तथा परामर्शमा औषधी उपचार तथा पराम र्श गर्ने कार्यक्रम नै ‘टेलिमेडिसिन’ कार्यक्रम रहेको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा संयोजक राम प्रसाद खनालले बताउनुभयो ।

“यो अनलाई प्रविधि मार्फत उपचार, सल्लाह तथा परामर्श दिने कार्यक्रम हो” खनालले भन्नुभयो “यो इमेरजेन्सी सेवामा भन्दा ओपिडी सेवामा बढी काम लाग्छ, अन्तरािष्ट्रय अनुभव र उपचार अनलाईनबाटै प्रयोग गर्न मिल्छ ।” कार्यक्रम शुरु गर्न थालिएको भएपनि कोरोनाका कारण ध्यान जति कोरोना नियन्त्रणमा गएर केही ढिलाई भएको मा अब तत्कालै शरु गरिने बागलुङ नगरपालिकाले जनाएको छ । यो कोरोना महामारीमा समेत सहयोगी भुमिका खेल्न ‘टेलिमेडिसिन’ कायक्रम आएको उहाँको तर्क रहेको छ । नगरपालिकामा स्वास्थ्यको पहुँच बढाउन ‘टेलिमेडिसिन’कार्यक्रम ल्याउनका लागि सहजीकरण गरेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

एन. आर. एन. ए .अन्तराष्ट्रिय समितिका महासचिव एवं अन्तराष्ट्रिय बागलुङ समाजका सल्लाहाकार डा. हेमराज शर्मा तथा चार भन्ज्यांग तमु समाज युकेका अध्यक्ष चन्द्र गुरुङको पहलमा बागलुङ नगरपालिकामा नमूनाका रुपमा कार्यक्रम सञ्चालनमा आउनेछ । यो कार्यक्रम प्रभावकारी हुँदै आएमा जिल्लाको दुर्गम पालिका ढोरपाटन, बडिगाड लगायतमा पालिकामा समेत शुरु गरिने अन्तराष्ट्रिय बागलुङ समाजका कार्यालय प्रमुख सुरेन्द्र कंडेलले जानकारी दिनुभयो ।
चार भन्ज्यांग तमु समाज युकेले हाल पर्वतको फलेवास नगरपालिकामा सन् २०१३ बाट टेलिमेडिसिन सेवा संचालन गरिसकेको छ । टेलिमेडिसिन सेवाको माध्यमबाट बिरामीको उपचारमा अन्तराष्ट्रिय स्तरको पुहँुच राख्न सकिने छ ।
अन्तराष्ट्रिय रुपमा ख्याती प्राप्त विशेषज्ञलाई अनलाईन मार्फत रोगका जानकारी र लक्षण सहितको रिपार्ट पठाउने र सम्बन्धीत रोगको विशेषत्रले औषधी उपचार र परामर्श अनलाईन मार्फत पठाउने गर्दा दुर दराजमा रहेका दिर्घरोगीलाई निकै फाइदा पुग्ने छ । टेलिमेडिसिन सेवाबाट अर्को ठाउँमा रहेका बिरामीको शल्यक्रियामा अनलाईनबाटै गर्न समेत सहयोग पुग्ने स्वास्थ्यकर्मीहरु बताउछन् । प्रविधिको प्रयोगबाट स्वास्थ्य सेवा तथा उपचार प्रदान गर्ने ‘टेलिमेडिसिन’ कार्यक्रमले जटिल प्रकारका रोग निदानमा सहयोग पुग्ने छ ।

उक्त ‘टेलिमेडिसिन’ कार्यक्रममा विभिन्न देशका ७६६ मेडिकल प्रोफेसरहरुको जोडिनेछन् । उनिहरुले विारमीको अवस्था बुझेर सल्लाह, सुझाव, औषधी तथा उपचार विधी अनलाईनमार्फत स्थानीय स्वास्थ्यकर्मीलाई पठाउनेछन् । स्थानीय स्वास्थ्यकर्मीले अनलाईन मार्फत आएको सुझाव तथा उपचार विधि अपनाएर सेवा दिनेछन् ।

बागलुङ नगरपालिकामा एउटा ‘टेलिमेडिसिन’को अनलाई डेस्क स्थापना हुन्छ र त्यसमा नगरपालिकाका विभिन्न स्वास्थ्य संस्था मार्फत आएका जिज्ञासा ‘टेलिमेडिसिन’मा राखेपछि सम्बन्धीत रोगका विषयमा सम्बन्धीत विशेषज्ञले उपचार पद्दती नगरपालिकाको डेस्कमा पठाएपछि स्वास्थ्यकर्मीले सोही अनुसार स्वास्थ्य सेवा प्रदान गर्ने बागलुङ नगरपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *