निषेधाज्ञाले प्रभावित बन्यो बलेवा विमानस्थल र बसपार्क कालोपत्रे

आदर्श अनलाइन, बागलुङ
निर्माणको अन्तिम चरणमा पुगेका बागलुङका दुई ठूला आयोजनाको काम प्रभावित बनेको छ ।
पूर्वाधार निर्माण सम्पन्न भई कालोपत्रेको मात्रै काम रहेको बलेवा विमानस्थल र बागलुङ वसपार्कको कालोपत्रे गर्ने काम रोकिएको छ ।

जिल्लामा अन्य निर्माण कार्य निर्वाध रुपमा भइरहे पनि दुई आयोजना निषेधाज्ञाको भन्दै रोकिएका छन् । वैशाखमै कालोपत्रे गर्ने भनिएको बलेवा विमानस्थलको धावनमार्ग र आधुनिक बागलुङ बसपर्कको काम अहिले रोकिएको निर्माण व्यवसायीले बताएका छन् ।

दुवै आयोजना अक्पार्ड प्रविधिबाट कालोपत्रे गरिने भए पनि प्लान्ट नपाउँदा कालोपेत्रमा समस्या भएको निर्माण कम्पनीको दाबी छ । जिल्लामा निर्माण कार्य स्वास्थ्य मापदण्ड पुरा गरेर गर्न जिल्ला कोभिड संकट व्यवस्थापन समितिले निर्देशन दिएको छ । तर, निर्माण सामाग्री समयमा नपाइएको तथा अन्य आवश्यक उपकरण र सामाग्री निषेधाज्ञाका कारण मुल्य वृद्धि भएकाले दुई ठूला आयोजनाको काम अन्तिम अवस्थामा आएर रोकिएका हुन् ।

जिल्लाको भविष्य संग जोडिएका बलेवा विमानस्थल तथा बागलुङ बसपार्क अन्तिम चरणमा पुगेर रोकिनु दुखद् भएको स्थानीय बताउँछन् । प्लान्ट जडानमा ढिलाई हुँदा समयमै कालोपत्रे गर्न नसकिएको बलेवा विमानस्थल कालोपत्रेको जिम्मा पाएको काष्ठमाण्डप निर्माण सेवाका प्रतिनिधि बासु थापाले बताउनुभयो । म्याग्दी जाने सडक छेउमा अक्सार्ड प्रविधिको कालोपत्रे गर्ने सामाग्री उत्पादनको प्लान्ट निर्माण भइरहेकाले केही ढिलाई भएको थापाको भनाई छ । प्लान्ट निर्माण हुँदा साथ १० दिनमै बिमानस्थलको धावनमार्ग कालोपत्रे सकिने थापाको दाबी छ ।

यता प्लान्टकै कारण नगरपालिकाको अगुवाईमा निर्माण थालिएको बागलुङ बसपार्क सञ्चालनमा ढिलाई भएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकरज पौडेलले जानकारी दिनुभयो । उहाँले निषेधाज्ञा बाहना मात्रै भएको र काम गर्नेलाई समस्या नभएको नगर प्रमुख पौडेलको भनाई छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरणले विमानस्थल पुर्ननिर्माणको काम दुत्र गतिमा भएको जनाएको बिमानस्थल आगामी जेठ मसान्तभित्र निर्माण सक्ने तयारी भए पनि निर्माण सम्पन्न हुनुमा केही आशंका जन्मेको छ ।

विसं २०१६ देखि २०१८ सम्म लगाएर स्थानीयवासीले बनाएको ८ सय मिटर लामो यो विमानस्थलमा २०४९ सम्म नियमित जहाज चल्दै आएका थिए । विसं २०४८ मा पोखरा–बागलुङ सडक खुलेपछि बन्द भएको थियो ।

बसपार्क निर्माणका लागि बागलुङ नगरपालिका–४ उपल्लाचोरमा १८ वर्ष अघि बागलुङ बजारबासीले उपल्लाचौरको दाबगरामा व्यक्तिगत जग्गा निःशुल्क बागलुङ नगरपालिकालाई प्राप्त गरेको १८ वर्षपछि बसपार्क निर्माणले अन्तिम रुप लिएको भएपनि निषेधाज्ञाले कालोपत्रे गर्न नसकेको निर्माण व्यवसायीले बताएको छ । लामो समय सरकारी उदासिनताका कारण अलपत्र परेको बसपार्क निर्माण जनप्रतिनिधि आए पछि २०७५ सालमा बागलुङ नगरपालिकाको पहल पछि गति लिएको थियो ।

ठेक्का स्वीकृत भएको दुई वर्ष पछि बसपार्क निर्माण अन्तिम चरणमा पुगेको भएपनि बसपार्क कालोपत्रे हुन नसकेको हो । बागलुङमा व्यवस्थित बसपार्क बनाउन २०५९ सालमै स्थानीयले करोडौं मूल्य पर्ने जग्गा निःशुल्क दिए पनि बसपार्क निर्माण शुरु हुन सकेको थिएन ।
२०७६ कात्तिक २६ गते एक वर्षमा सक्ने गरी ८ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको बसपार्क समयमै नसकिदाँ दुई पटक ६/६ महिना म्याद थपिएको हो । अहिले टर्मिनल र व्यावसायिक भवन निर्माण सम्पन्न भएको र पार्किङ स्थलको कालोपत्रेको तयारी छ । बसपार्कको ८५ प्रतिशत भौतिक प्रगती र ७० प्रतिशत आर्थिक प्रगती भएको शर्माले जानकारी दिनुभयो ।

कोरोनाका कारण निर्माणमा केही ढिलाई भए पनि फागुन भित्रै बसपार्क नगरपालिकालाई हस्तान्तरण गर्ने गरी बाँकी कामलाई तिब्रता दिइएको पुन निषेधाज्ञाले समस्या भएको बसपार्क निर्माणको जिम्मा लिएको आशिष फेवा जेभीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *