कोरोनाबाट काठेखोलाका पुरुष संक्रमितको मृत्यु


आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नं. ८ लेखानीका ५९ वर्षिय संक्रमित पुरुषको आईतबार राती ३ बजे उपचारका क्रममा धौलागिरी अस्पतालमा मृत्यु भएको छ ।

अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेका पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

मृत्यु हुनुभएका पुरुष वैशाख २९ गतेसंक्रमित भई अस्पताल भर्ना हुनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *