मेहनती डाक्टरहरु : आठ घण्टा खटिएर संक्रमितलाई भेन्टिलेटरको पहुँचमा पुर्याए


आदर्श अनलाइन, बागलुङ

धौलागिरी अस्पतालमा भेन्टिलेटर आइसीयुको क्षमता जम्मा पाँच शैया हो । अस्पतालमा आइसियु र भेन्टिलेटर खाली छैन ।

अझै अस्पतालले कोरोनाका लागि छुट्टाएको ३५ वेडनै भरिएको छ । तर धौलागिरी अस्पतालमा कोरोना संक्रमित भई भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाको विरामी आएपछि अस्पतालका डाक्टरहरुले विरामीलाई आठ खण्टा लगाएर पोखरा पु¥याएका छन् । भेन्टिेलेटर आवश्यक विरामीलाई भेन्टिलेटर तत्त्कालैै आवश्यक भएपनि डाक्टरहरुले विरामीको अवस्था स्थिर राखी पोखरा पठाएका हुन् ।

कोरोना संक्रमित बागलुङ नगरपालिका–६ का ५० वर्षिय पुरुषलाई धौलागिरी अस्पतालका टाक्टरहरुले आफै खटिएर बिरामीलाई (अम्बो प्याकिङ) गरी पोखराको भेन्टिलेटरमा पठाइएको हो । धौलागिरी अस्पतालमा कार्यरत फिजिसियन डा. अभिषेक वाग्ले, डा. सुनिल सिलवाल र डा. प्राग गजुरेल लगायतको समूहले विरामीलाई अम्बो प्याकिङ(मुखबाट क्रितिम स्वास दिएर) पोखरा पु¥याएर भर्ना गरिएको हो । यस्का लागि डाक्टरहरु रातभर खटिएपछि मात्रै संभव भएको हो ।

धौलागिरी अस्पताल बागलुङमा कार्यरत डा. सुनिल सिलवालका अनुसार आइतार साँझ अस्पतालमा आउनुभएको संक्रमितलाई तत्कालै भेन्टिलेटर आवश्यक पर्ने भएपनि अस्पतालमा भेन्टिलेटर खाली नरहेका कारण डाक्टरहरु आफै विरामी संग बसेर सोमबार बिहान मात्रै पोखरा पु¥याइएको हो । “यो डाक्टरहरुको मेहनतका कारण मात्रै संभव भएको हो, भेन्टिलेटरको आवश्यकता भएको विरामीलाई तत्काल भेन्टिलेटरमा राख्न नसकेको अवस्थामा अम्बो प्याकिङ गरी पोखरा लागिएको हो” डा. सिलवालले भन्नुभयो “यो निकै विरलै मात्रमा गरिन्छ र बाँच्ने संभावना न्यून भएपनि हामीहरुले विरामीलाई पोखरा लगेर भेन्टिलेटरमा राख्न सफल भएका छौं, विरामीलाई डा. अभिषेक वाग्लेले एम्बुलेन्समा राखेर आफै भेन्टिलेटर भएको अस्पताल पु¥याउनुभयो ।”

भेन्टिलेटरमा तत्कालै राख्नुपर्ने विरामीलाई आठ घण्टा सम्म स्वास्थ्य स्थिर राखी भेन्टिलेटरमा सकुसल पु¥याउने कार्य प्राय असंभव हुने स्वास्थ्यकर्मीहरु बताउछन् । धौलागिरी अस्पतालको डाक्टरको मेहनतका कारण एक संक्रमितको अहिले फिस्टेल अस्पताल पोखराको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

तत्कालैै विरामीलाई भेन्टिलेटरमा राख्दा समेत बचाउन नसकेको अवस्थामा आठ घण्टा पछि मात्रै पोखरा लगेर भेन्टिलेटरमा पु¥याएर उपचार गराउनुमा डाक्टरहरुको ठूलो मेहनत हुने स्वास्थ्यकर्मीहरु बताउछन् । कोरोना महामारीमा पिपिई लगाए रातभर खटिएर आफै एम्बुलेन्समा बसेर विरामीको उद्दारमा खटिएर एक संक्रमितको उद्दार गरी भेन्टिलेटरको पहुँचमा पु¥याइएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *