बुधबार गण्डकीमा थप १०७९ जनामा कोरोना पुष्टि, ९४१ कोरोनामुक्त

आदर्श अनलाइन, बागलुङ
बुधबार कास्कीका ३७० सहित गण्डकीमा थप १ हजार ७९ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २ हजार २२३ जनामा गरिएको नमुना परीक्षणमा थप १ हजार ७९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज पुष्टि भएका संक्रमित प्रदेशका ११ जिल्लाका छन् । जसअनुसार कास्कीका ३७० जना, तनहुँका १६६ जना, गोरखाका २१८ जना, लमजुङका ३६ जना, नवलपुरका ११८ जना र स्याङ्गजाका ५० जना छन् । यस्तै पर्वतका ६५ जना, बाग्लुङका ११ जना, म्याग्दीका ३६ जना, मुस्ताङका आठ जना र मनाङ जिल्लाका एक जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ।

आज थपिएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३७ हजार ९५४ पुगेको छ । जसमा १० हजार ७३९ सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा गण्डकीमा ९४१ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २६ हजार ६३८ पुगेको छ।

बुधबार पनि गण्डकीमा सात जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका चार जना, लमजुङका एक जना र स्याङ्गजाका दुई जना छन्। योसंगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५७७ पुगेको निर्देशनालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *