बागलुङ जेसिजको आयोजनामा ‘कोरोना र हामी’ विषयक अन्तरक्रिया

साधना पन्त, बागलुङ
बागलुङ जेसिजले भर्चुअल इनलाइटइन ८ (ज्ञानको आठ दिन) कार्यक्रम अन्तरगत बुधबार सातौ दिन ‘कोरोना र हामी सम्बन्धी’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौका निर्देशक डाक्टर सागर राजभण्डारीले कोरोनाको औषधी र उपचार पत्ता नलागेको भन्दै अहिलेको आवश्यकता भ्याक्सिन नै रहेको बताउनुभयो ।

उहाँले कोरोनाबाट बच्न सरकारले निर्देश गरेका मापदण्डलाई पालन गरेर सहजै नियन्त्रण गर्न सक्ने बताउनुभयो । कोरोनाले गर्दा आम नागरिकको दैनिकी र व्यवहारमा परिवर्तन आएको उहाँको भनाई छ । सुरुमा नेपालम कोरोना भाइरसको संक्रमित पत्ता लगाउदा पिपिइ समेत लगाउने ज्ञान नभएको भन्दै अहिलेसम्म नेपालमै धेरै उपकरणहरु आईसकेको जानकारी दिनुभयो ।

राजभण्डारीले नेपालमा भ्यािक्सन नबनेता पनि नेपालीले धेरै छिटो लगाउन पाएको भन्दै नेपाल सरकारले छिमेकी जिल्ला भारत र चिनसंग अहिले पनि भ्याक्सिनको लागि पहल गरेको बताउनुभयो ।

नेपालमा कोरोना महामारी फैलिनुको मुख्य कारण भनेको खुल्ला सिमान भएको भन्दै अबको समयमा हामी सबै सजग हुनुपर्ने राजभण्डारीले बताउनु भयो । उहाँले अहिलेको समयमा सहरमाभन्दा गाउँ गाउँमा कोरोनाको जोखिम बढि भएको भन्दै लकडाउनको पूर्ण पालन गर्न समेत आग्रह गर्नुभयो ।

अबको समयमा बढीभन्दा बढी मानिसको पिसीआर परिक्षण गर्नु पर्ने भएकाले कोरोनाको लक्षण देखा परेका मानिसहरु सुरक्षित साथ पिसीआर परीक्षण गरेर होम आशोलेसनमा बस्नुपर्ने राजभण्डारीले बताउनुभयो । उहाँले आफु बाहेक अन्य सबै संक्रमित हो भन्ने सोचेर सर्तकता अपनाउनु आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा नेपाल जेसिज वर्ष २०२१ का महासचिव सुवास मानन्धर, नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष सुजन बरुवाल लगायतले बोलेका थिए । कार्यक्रममा बागलुङ जेसिजका सह–कोषाध्यक्ष सुशान्त कृष्ण श्रेष्ठले जेसिजको आस्था पाठ, जेसिज योजनाको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रम बागलुङ जेसिजका अध्यक्ष आनन्द प्रसाद रेग्मीको अध्यक्षता र सदस्य वृद्धि संयोजक सौरभ श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

बिहिबारदेखि सुरु भएको इनलाइटन ८ कार्यक्रम अन्तरगत बिहिबार अन्तिम दिन अन्योल ग्रस्त राजनीति र युवाको भविष्य विषयमा अन्तरक्रिया हुने बागलुङ जेसिजका महासचिव प्रकाश आचार्यले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *