दोहोरी प्रतिष्ठानको महाधिवेशन तयारी शुरु, सचिवालय पोखरामा

आदर्श अनलाइन, पोखरा

आगामी मंसिर ६ देखि ८ गते सम्म पोखरामा हुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रिय महाधिवेशनको तयारी तिव्र पारिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश कमिटिले महाधिवेशनलाई केन्द्रित गरी तयारीका कामलाई चुस्त र व्यवस्थित रुपले सम्पन्न गर्न शुक्रबार सचिवालय स्थापना गरेको छ ।

महाधिवेशनको सबै तयारीलाई व्यवस्थित हिसावले अघि बढाउन शुक्रबारदेखि सचिवालय बनाएर तयारीलाई तिव्रता दिइएको लोक दोहोरी प्रतिष्ठान गण्डकी प्रदेशका उपाध्यक्ष पुर्ण परियारले आदर्श अनलाइनलाई जानकारी दिनुभयो ।

सचिवालयको केन्द्रिय अध्यक्ष बद्री पंगेनीले उद्घाटन गर्नुभयो । उद्घाटन गदै अध्यक्ष पंगेनीले पोखरामा आयोजना हुने सातौ महाधिवेशनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने संयोजक समेत रहेको पंगेनीले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले मनाइरहेको आन्तरिक पर्यटन वर्ष तथा नेपाल सरकारले मनाउन लागेको पर्यटन वर्ष २०२० को प्रचारप्रसारमा महाधिवेशनले टेवा पु¥याउने प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष एवं सातौ महाधिवेशनका सह-संयोजक सुरेन्द्र गुरुङले बताउनुभयो ।

महाधिवेशन सम्पन्न गर्न २११ सदस्य रहने गरी मुल आयोजक समिति गठन गरिएको छ । नयाँ नेतृत्व चयन हुने भएकोले अधिवेशनको सरगर्मी सुरु भइसकेको छ । नेतृत्वका आंकाक्षीले आन्तरिक तयारी र प्रचार समेत गर्न थालेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *