संगीत र स्वास्थ्य

जीवन शाक्य
कुनै पनि व्यक्ति शिशु, बालक, किशोर किशोरीहरुको अनुहार मिलेको, गोरो ठिक्क उचाईको ठिक्क मोटोघाटो देख्दा हामीले “कति राम्रो, कति सुन्दर” भन्ने गर्छाैं । झन् युवा अवस्थामा सबै राम्रो देखिने हुन्छ । तर, देखिने सबै शरीरका भागहरु अनुपातमा मिलेको र सुगठित हुनुप¥यो । त्यस्तै नम्रतापूर्वक प्रेम, आदर र सद्भावमा बोल्ने नराम्रो अनुहार भए पनि मन पर्ने हुन्छ । राम्रा मान्छेहरुको राम्रो व्यवहार भयो भने कति राम्रो मान्छे कति राम्रो बोली व्यवहार भएको भनेर हामी भन्ने गर्छौं । सहयोगी स्वभावको दान सेवा दिने मान्छेहरु सबै हामीलाई राम्रो लाग्छन् । सबैले हामीलाई प्रेमपूर्वक, सद्भावले बोलोस्, सम्बन्ध राखोस् भन्ने हामी चाहन्छौ सोँचेको जस्तो व्यवहार पायौ भने राम्रो, झर्केर ठुलो रुखो स्वर बोलेको, कुरा गरेको सबैलाई मन नपर्ने हुन्छ । त्यस्तै राम्रो अभिब्यक्ति शैली भएका नेता कार्यकर्ताको भाषण हामीलाई आकर्षक, राम्रो, सकारात्मक लाग्छ । समाज, समुदायमा यस्तै मान्छेहरु बढी भयो भने सामाजिक सम्बन्ध,विकास पनि राम्रो हुन्थ्यो । सबैलाई स्वतन्त्रता, सहजता, शान्ति, स्वास्थ्य पाउने अवसर सिर्जना हुन्थ्यो, हुन्छ ।

संगीत भनेपछि यस्तै सुन्न देख्न मन लाग्ने राम्रो सुन्दर भावमा अभिव्यक्त भएको शब्द क्रिया हो । संगीत मन नपर्ने को होला ? मैले जाने देखि धेरै वर्ष देखि नेपाली सांगीतिक कार्यक्रमहरु सुन्दै हेर्दे, भारतिय च्यानलहरुमा सारेगम, इन्डियन आइडल हेर्दै आईरहेको छु । कार्यक्रम आउने दिनहरुमा मस्त भएर हेर्न मन लाग्छ । नेपालमा नारायण गोपाल, तारादेवी सब भन्दा बढी मन पराईएका गायक कलाकार हुन् । अन्य पनि छन् तर जति चर्चा प्रकाशमा वा जानकारीमा आउनु पर्ने हो, आउन सकेको छैन । किनभने नेपालमा सांगीतिक कार्यक्रमहरु धेरै सिमित छन् र राजधानीमा माात्र छ, बाहिर सांगीतिक कार्यक्रम छँदै छैन भन्दा फरक नपर्ने अवस्था छ । कारण यसलाई ब्यवसायमूलक, सिर्जनात्मक, प्रतिस्पर्धात्मक, उत्पादनशील बनाउन सकिएको छैन । भारतमा गीत संगीतका कार्यक्रमहरु, ज्ञान, ध्यान, जागरुकता सचेतना बढाउने थुप्रै कार्यक्रमहरु सञ्चालन भैरहेको र यसवाट धेरैले लाभ लिईरहेको देखिन्छ तर खराब सामन्ती अर्ध पूजिवादी वा पूजिवादी सोच, शासन राज्य ब्यवस्थाका कारण त्यहाँ पनि धेरै मान्छेहरु गरिव विपन्न छन् । मान्छेहरुमा छुवाछुत, भेदभाव, गलत धार्मिक आस्था अन्धविश्वासका कारण धेरै अनपढ छन्, हेपिएका, शोषित पीडित र रोगी बिरामी धेरै छन् ।

प्रत्येक शब्दहरुलाई मिठो गला कला भएका ब्यक्तिहरुले मिठो भाव, स्वर र लयबद्ध रुपमा गाउने, अभिब्यक्त गर्ने गरेको देख्दा, सुन्दा भनेकै मनमा शान्त स्वच्छ पवित्र भावको अनुभूति हुन्छ । शब्दहरुलाई भिन्दै मिठो भाव, स्वर गति दिँदै अभिब्यक्ति शैली हाउभाउ पनि आकर्षक रुपमा प्रस्तुति गरेको देख्दा साँच्चिैकै आहा सुन्दर भन्न मन लाग्छ । शान्त आनन्दको महशुस हुन्छ । संगीत स्वर बोलीमा मात्र होइन, बाधक यन्त्रहरु संगै सुर ताल मिलाएर गाएको देख्दा झन् थप माधुर्यता दिन्छ । ध्यानबाट हुने फाइदा जस्तै संगीतले केही मिठो सकारात्मक सोच भाव र उर्जा दिन्छ । समाजमा यस्ता कार्यक्रमहरु बढी भयो भने सबैले शान्ति स्वस्थता, सुन्दरताको अनुभूतीहरु गर्ने अवसर पाउँथ्यो । यसले दिमाग मनलाई मनोरञ्जन मात्रै होइन, आराम विश्राम दिन्छ । स्वस्थ, शान्त आनन्द दिने ग्रन्थीहरुको उत्पादनमा सहयोग गर्छ । त्यसैले यसको आवश्यकता, विकास र संरचनाहरु संघ संस्थाहरुको संख्या बढ्नु भनेको स्वस्थ समाजको निर्माण गर्नु हो ।

त्यसैले संगीतको विकासका लागि परिवार, समाज, समुदाय, संघ संस्था र राज्यले प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनु जरुरी छ । ताकि यसलाई पनि पेशा व्यवसायको रुपमा विकसित गर्न सकियोस् । मान्छेहरु यस प्रति आकर्षित होउन् । व्यक्तिगत रुपमा यसको विकास गर्न स्वर यन्त्र भोकल स्वस्थ राख्न खानपान पनि बढी गुलियो, चिल्लो, चिसो, नुनिलो बढी र जंकफुड तयारी बट्टे पोके सिसी प्याकेटका खानाहरु खानु हानिकारक हुन्छ । सबै स्वर राम्रा भएका ब्यक्तिहरुले सामाजिक कार्यक्रमहरु दिने गरि गाउने, संगीतका बाजाहरु, यन्त्रहरु बजाउन सिक्नु जरुरी छ । परिवार, संघ संस्था राज्यले यसमा सहयोग टेवा दिने कार्यक्रम ल्याउनु, यसमा लाग्नेहरुलाई हौसला दिनु जरुरी छ । नेपालमा परिवार समाज राज्यको सहयोग टेवा नपाएर सिकाउने ब्यक्तिहरुले आफ्नो गाँस,बासको ब्यवस्था गर्न परिवार पाल्न पनि कठिन भएको अवस्था समाजमा विद्यमान छ ।

केही महिना भयो सरकारी स्वास्थ्य सेवाबाट अवकाश लिए पछि मनोरञ्जन र समय ब्यवस्थापन गर्न सहयोग हुने, स्वश्थता कायम राख्न पनि सहयोग हुने भएकोले हार्मोनियम सिक्ने ठाउँ र ब्यक्तिहरुको खोजी गरे । बजारमा पहिला होटल हिल भ्यू भएको अहिले पोखरा जाने जीप पार्क नजिकको घरमा धेरै पटक गएँ । केही महिना पछि एकजना गाउँले ठिटो भाईलाई हारमोनियम बजाइरहेको भेटे । कुरा बुझ्ने क्रममा सिकाउने गुरु र्सुय ढकाल भनिने विवाहित घताने ठिटो बाहिर रहेछ, फोन मार्फत् सम्पर्क भयो, उनी आए । आफ्नो परिचय सहित सिक्ने अभिलाषा ब्यक्त गरे पछि पहिला ३ महिना त सिक्नै पर्छ भन्ने लागेर ३ महिनाको कति लाग्छ मोलतोल मिलाउने कुरा भयो । ६ महिनाको १२ हजार भनेपछि ३ महिनाको लागि रु.५ हजारमा कुरा सहमति भयो । तर, अग्रिम भुक्तानी दिने भनेपछि त्यही दिन केही समय सिकेर भोली देखि नियमित दिउँसो १ बजेको फुर्सदको समय मिलाएर आउने गर्छु भने । विहान, दिउँसो बेलुका जुनसुकै समयमा पनि सिकाउन सकिने गुरु भन्ने र्सुय ढकालको भनाई भए पछि नियमित १५ दिन जति सिक्न गए । शुरुमा सा..रे..ग…म …धुन बजाउन र औलाहरु चलाउन पनि सिक्नु जान्नु पर्ने भनेपछि त्यहि सिक्दै गए । शुरुका केही दिन राम्रै लाग्यो । तपाईले छिटो सिक्न सक्नु हुन्छ भन्ने प्रोत्साहनका भनाईहरु पनि भयो । तर ५,७ दिनमा नै उनले १५,२० मिनेट एउटा तरिका सिकाएपछि त्यसैमा २,३ दिन अभ्यास गर्न भन्ने र आफू बेपत्ता हुने कार्य गर्न थाल्नुभयो । कोठामा साँचो जहिले पनि लागेको बढी भेटिने, साँचो ढोका बाहिर झ्यालको माथि तिर राखेको हुने र झिकेर ढोका खोलेर अभ्यास गर्न सिक्ने कार्यक्रममा मौखिक सहमति भए जस्तै गरि २० दिन सम्म नियमितता दिए होला । तर उनी १,२ दिन पछि कहिले २,३ दिन पछि आउने एउटा ताल सिकाउने बेपत्ता हुने कार्य रोकिएन ।

के कारणले होला यस्तो अनियमित सिकाई, सिकाउने पेशामा लापरवाही किन गरेको होला ? भन्ने सोचाई त्यसै उठ्ने नै भयो । मोटर साइकल पनि चलाउने रहेछन्, पहिरन सामान्यनै सुहाउने खालको देखिन्थ्यो, आकर्षक थिएन । बोलीचाली ठीकै थियो । मैले पैसा हत्तपत्त दिएछु, एक महिनाको हिसाव गरेर दिनुपर्ने भन्ने सोच आयो, आउनेनै भयो, आफू ठगिएको महुशुस भयो । केही दिन पछि फर्काउने सर्तमा मागे, दिएँ तर उनले त्यो पैसा केही दिन पछि फिर्ता गर्ने वास्तै गरेनन् । आफूलाई खाँचो परेको, फिर्ता गर्न मैले भने, “हुन्छ हुन्छ भोली दिन्छु भने तर वास्तै गरेन, फोनमा २,३ पटक भने तर बेवास्ता गरिरहे । हार्मोनियम एउटा केही गतिलो खालको थियो, एउटा त्यति राम्रो थिएन । अरु गितार र मादल पनि सिकाउने गरेको देखेको थिए तर सिकाउने र पैसाको मामलामा ब्यवहार देखेर ठग झै लाग्यो, लाग्नेनै भयो ।

आखिर किन यस्तो ग¥यो ? के कारणले बाध्यता प¥यो ? भन्ने सोच आयो । सायद आर्थिक अवस्था कमजोर भएर होला या परिवार पाल्न, वा खर्च टार्न कठिन पनि भएर होला भन्ने लाग्यो । तर त्यति सानो रकममा इज्जतमा धक्का लाग्ने काम गर्न नहुने बरु भन्दा हुन्थ्यो भन्ने लाग्यो । केही दिन पछि काठमाण्डौ जाने काम परेर गए । १२,१५ दिन पछि फर्केर पुनः सिक्न गए, उनलाई फोनमा सम्पर्क गरेर पैसा फर्काउन भने तर मुखै देखाएनन् । समस्या परेर होला भन्ने लाग्यो । मैले त्यसपछि माग्न पनि मागिन, सिक्न जान पछि छोडे, काठमाण्डौबाट नयाँ हार्मोनियम सिक्न ल्याएको थिए, त्यसैमा अभ्यास गर्दैछु । देशको, समाजको, बजारको अवस्था यस्तो छ, कसरी हुन्छ संगीतको विकास ? कसरी भुल्ने रमाउने ? दिमागले विश्राम पाउने पेशा व्यवसाय बनाउने, अवसर अवस्थाहरु खोई ? जीवनको हरेक क्षेत्र विकास होस्, शान्त स्वच्छ होस् । तब न जीवनले सार्थकता पाउन सक्छ । नेपालमा देश विकास गर्ने भनेर संघीय सरकार ल्याए, दई तिहाईको बहुमत सरकार बनाएँ । तर, नकचरा नेता कार्यकर्ताहरुले कमाउने भ्रष्टाचार गर्ने परम्परालाई कायम राखे जस्तै देखिन्छ, विकास रोजगार दिने सोचले प्राथमिकता नपाएको जस्तो देखियो । झन् कोरोनाले जनता थलिएर, औषधि अक्सिजन नपाउने अस्पतालमा बेड नपाएको अवस्था, ढिकुटी रित्तिएको,अरु देश संग भिख मागेर देश कंगाल बनाउन जनतालाई मृत्युको मुखमा प¥ुयाउने मध्यावधि चुनाव गर्ने जुवा खेलेका छन् ।
भवतु सब्ब मंगलम ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *