बागलुङमा थप एक साता लकडाउन लम्बियो

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप एक साता लकडाउन थपिने भएको छ । शुक्रबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले थप एक साता लकडाउन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी दीपक पौडेलले जानकारी दिनुभयो ।

जिल्लामा कोरोना संक्रमितको दर बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले जेठ २२ गतेसम्मका लागि लकडाउन थप गर्ने निर्णय गरेको हो । बागलुङमा गत बैशाख २१ गतेदेखि लकडाउन भएको हो । संक्रमणको दरमा कमि नआएपछि (डिसिसिएमसी) ले जेठ एक गतेदेखि १५ गतेसम्म लकडाउन थप गरेको थिए ।

जुन शनिबार सकिँदै छ । संक्रमणको दर दिनदिनै बढेपछि (डिसिसिएमसी) ले लकडाउनलाई थप कडाई गर्ने पौडेलेको भनाई छ । ‘संक्रमितको संख्या बढ्दै गएको छ, यसको ‘चेन ब्रेक’ गर्नका लागि जिल्लामा लकडाउन जारी गरिएको हो’ उहाँले भन्नुभयो ‘अझै पनि संक्रमितको संख्या बढि रहेको हुँदा लकडाउनलाई थप कडाई गरिने निर्णय भएको छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *