कृष्ण सुवेदार : जसले गरे अवकाश पछि उद्यम सुरु

आदर्श अनलाइन, बागलुङ
जागिरे जीवन अवकाश पछि आराम गर्ने, धर्म कर्म र समाज सेवामा लाग्ने धेरैको मनशाय हुन्छ । तर, जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका सुबेदार कृष्ण खड्का जागिरबाट अवकाश लिएर आए पछि गाउँमै व्यावसायिक उत्पादनमा सक्रिय हुनुहुन्छ ।

१८ वर्ष नेपाली सेनामा कार्यरत खड्का सुबेदार पदबाट अवकाश पछि पुनः बहराइन पुग्नुभयो । नेपाली सेनाको जागिर र विदेश भन्दा बढी सन्तुष्टी व्यावसायिक कृषि फर्मबाटै प्राप्त भएको खड्का बताउनुहुन्छ ।

बागलुङ नगरपालिका–८ सिगाना बेसीको सडक छेउकै दुई रोपनी जग्गामा खड्काको कुखुरा फर्म, माछापालन, तरकारी खेती, सिमाना खाजा तथा किराना पसलका साथै सिमाना फ्रेस हाउस छ ।
२०५२ सालमा नेपाली सेनामा भर्ति हुनुभएका खड्काले १८ वर्ष सेवा पश्चात अवकाश लिनुभयो । त्यसपछि उहाँलाई विदेशी मोहले तानेर बहराइन पुग्नुभयो । बहराइनमा पुगेपछि जागिर तथा विदेश भन्दा स्वदेशमै गएर उद्यम गर्छु भन्ने सोचेले झण्डै एक लाख ६० हजार तलबको जागिर एक वर्षमै छोडेर सिगाना फर्किएको उहाँको भनाई छ । दुई वर्ष अघि सिगानामा परीक्षणका लागि खाजा घर, किराना पसल, पोल्टी फर्म तथा माछापालन शुरु गर्नुभएको थियो ।

गाउँमै उद्यमशीलतामा रमाउने उदेश्यका साथ खड्का पोल्टी फर्म दर्ता गरेर व्यावसायिक बोइलर कुखुरा पालन गर्दै आउनुभएको छ । फर्ममा अण्डा उत्पादन गर्ने लोकल कुखुरा समेत पाल्नुभएको छ । “अवकासपछि गाउँमा राजनीति गर्ने सोच राखेको थिए, तर गाउँमा राजनैतिक चेतनाको कमी देखे, अनि आफ्नै जग्गामा बहुउदेश्यीय सोच राखेर कुखुरा पालन देखि बिक्री सम्मको सबै काम गर्दै आएको छु,” खड्काले भन्नुभयो “मासिक ४०/५० हजार कमाउन सजिलै सकिँदो रहेछ, परीक्षणका लागि पालेका कुखुराबाट राम्रो आम्दानी भयो, अब कुखुरा फर्म थप विस्तारको योजनामा छु ।”
खड्काको फर्ममा अहिले ४ सय ५० बोइलर कुखुरा, सानो पोखरीमा ४ सय ५० माछा, ५० लोकल कुखुरा छ । फर्ममा उत्पादित कुखुरा र माछाको मासु बिक्री गर्ने आफ्नै फ्रेस हाउस समेत छ । फर्मको तरकारी खपत समेत आफ्नै पसलबाट भएको उहाँ बताउँनुहुन्छ ।

अवकासपछि गाउँमा बस्न मन नलागेर बहराइन आर्मीमा भर्ती हुनुभएका खड्काले एक वर्षमै जागिर छोडर गाउँ फर्केको बताउँनुहुन्छ । “आफ्नो दशेमा जस्तो हँुदो रहेनछ, त्यसैले गाउँ फर्केर उद्यमशीलता रोजे, अहिले कुटानी पिसानी मिल समेत चलाउँदै आएको छु” उहाँले भन्नुभयो “लगानी थप्दै गएर पाँच रोपनीमा फर्म विस्तार गर्ने योजना छ ।” उत्पादन गरेको मासु, तरकारी तथा अण्डा आफ्नै पसलबाट खपत हुने गरेकाले बजार पठाउनु पर्ने झण्झट नरहेको खड्का बताउँनुहुन्छ ।

पसल तथा फर्ममा श्रीमतीले सघाउने गरेको खड्काको भनाई छ । फर्ममा एक जनालाई नियमित रोजगारी र अन्य काममा आवश्यकता अनुसार ज्यालामा काम गराउँदै आउनुभएको छ । अब एक हजार ब्रोइलर कुखुरा पाल्ने योजना रहेको बताउनुभयो । कृषिमा विचौलियाको अन्त्य गर्न आफ्नो उत्पादन आफै उपभोक्ता सम्म पु¥याउनुपर्ने उहाँको धारणा छ । उहाँले कुखुरा, माछा, पसल तथा कुटानी पिसानी सबै उद्यमशीलतामा रु. १५ लाख लगानी गरेको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *