अन्तिम अवस्थामा मात्रै अस्पताल आउदा बागलुङमा मृत्युदर बढ्यो


एसके जिएम, बागलुङ
जिल्लामा अधिकांश कोरोना संक्रमित होम आइसोलेसनमा छन् । धेरै संक्रमित लक्षण विहिन भएपनि केही संक्रमित लक्षणसहितका छन् । तर कोरोनाको लक्षण देखिदा समेत स्वास्थ्यकर्मीको सम्र्पकमा नआउदा बागलुङमा कोरोना बाट मृत्यु हुनेको संख्या बढ्न थालेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेका अनुसार बागलुङमा शुक्रबार मात्रै तीन संक्रमितको मृत्यु भएको छ । उनिहरु अन्तिम अवस्थामा मात्रै अस्पतालमा आएका कारण मृत्यु भएको हो । बागलुङमा अहिले सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ भने संक्रिय संक्रमितको संख्या ९६५ पुगेको छ ।

कोरोनाको गम्भिर लक्षण देखिदा समेत संक्रमित घरमै बस्नु, अक्सिजनको लेबलका विषयमा जानकार नहुनु र जटल स्वास्थ्य समस्या मात्रै लिएर अस्पताल आउनेहरुको बढी मृत्यु भएको देव घिमिरेले बताउनुभयो । “अक्सिजन लेवलको विषयमा जानकारी नराख्ने, लक्षण देखिदा समेत घरमै बस्ने एक्कासी विहोस भई ढल्दा अथवा स्वासप्रस्वासमा समस्या आएपछि मात्रै अस्पताल आउदा समस्या भएको छ” घिमिरेले भन्नुभयो “अक्सिजन लेबल घट्दासाथ अस्पताल आउनेको उपचारपछि निको भएपनि अन्तिम अवस्थामा अस्पताल आउदा मृत्यु हुने संभावना बढी देखियो ।”

प्रत्येक संक्रमितमा भाइरसको प्रकृति अलि फरक पाइएको उपचारमा सम्लग्न धौलागिरी अस्पतालका मेसडकल सुपरीटेन्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले जानकारी दिनुभयो । “केही विरामीमा निकै कडा लक्षण देखिन्छ जस्कारण उस्को निमोनिया समेत घटाउन कठिन हुन्छ” पोखरेलले भन्नुभयो “केहीले अझै कोरोना लुकाउनुभएको छ त्यसकारण भित्रभित्र उहाँको अवस्था गम्भिर बन्दै गएपछि अस्पताल आउनुभएको छ, केही शुरुमै अस्पताल आएपनि रोग प्रतिरोधात्मक क्षमता कम भएको र अन्य रोग समेत भएका कारण मृत्यु भएको पाइएको छ ।
पोखरेलका अनुसार संक्रमित हुँदा गाउँकै स्वास्थ्यकर्मीको सम्र्पकमा रहने, शारिरिक व्यायम गर्ने तथा स्वास्प्रस्वासको विषयमा जानकारी लिने, स्वस्थ्यकर्मीकै सल्लाहमा अस्पताल आउदा सहज हुँनेछ ।

घरमै सामान्य ज्वरो, रक्तचाप तथा अक्जिन परिक्षण नगर्नु तथा एक्कासी समस्या भएपछि मात्रै साव्सथयकर्मीसंगको पहुँचमा पुग्दा समस्या भएको स्वास्थ्यकर्मीको भनाई रहेको छ ।
शुक्रबार दुई जनाको धौलागिरी अस्पताल र एक जनाको ढोरपाटन कोरोना अस्पातलमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालले जनाएको छ । शुक्रबार बिहान जिल्लाको तमानखोला गाउँपालिका–५ निवासी ६७ वर्षिया महिलाको धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

यस्तै शुक्रबार दिउसो जिल्लाको बरेङ गाउँपालिका–१ निवासी ६५ वर्षको पुरुषको धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै जिल्लाको ढोरपाटन नगरपालिकाको कोरोना अस्पतालमा ढोरपाटन नगरपालिका–५ निवासी ६५ वर्षको पुरुषको मृत्यु भएको हो । उहाँको शुक्रबार बिहानै एन्टिजेन्ट परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । बिहीबार बडिगाडमा कोरोना संकास्पद पुरुषको समेत अस्पताल आउदासाथ मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *