बागलुङ थप एक संक्रमितको मृत्यु

आदर्श अनलाइन, बागलुङ

कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ३ का ५५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

उनलाई स्वास्थ्यमा समस्या आएपछि बैशाख २७ गते अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचाररत उनको शनिबार विहान ३ः४५ मा मृत्यु भएको घिमिरेको भनाई छ । उनी कोभिड–१९ सँगै निमोनियाबाट समेत ग्रसित रहेको घिमिरेको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *