आदर्श अनलाइन, बागलुङ
कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका वडा नम्बर २ का ९१ वर्षीय पुरुषको मृत्यु भएको हो ।
होम आइशोलेसनमा रहनु भएका उहाँको अस्पताल लैजाँदै गर्दा शनिबार दिउसो १ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
उहाँमा जेठ ८ गते एन्टिजेन्ट मार्फत परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको घिमिरेले बताउनुभयो ।
कोरोना संक्रमणबाट गलकोटका ९१ वर्षीय पुरुषको मृत्यु
