अन्तर्राष्ट्रिय बागलुङ समाजद्वारा जैदीमा स्वास्थ्य सामग्री सहयोग

आदर्श अनलाइन, बागलुङ

विदेशका बिभिन्न देशमा रहेका सम्पुर्ण बागलुङेको संस्था अन्तर्राष्ट्रिय बागलुङ समाजले कोरोना महामारी बिच गाउँगाउँमा पुगेर जिल्लाका विभिन्न पालिकामा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

जिल्लाको धौलागिरी अस्पताल, नेपाल पत्रकार महासंघ बागलुङ शाखा, स्वास्थ्य कार्यालय बागलुङ लगायत जिल्लाका अन्य पालिकाका स्वास्थ्य सामाग्री वितरण गर्दै आएको संस्थाले आफ्नो सामाजिक कार्यलाई निरन्तरता दिदै जैमिनी नगरपालिका – ७ जैदी पुगेर स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोभिड–१९ कोरोना भाईरसको दोस्रो लहर जैदीमा समुदायस्तरमा फैलिएसंगै अन्तर्राष्ट्रिय बागलुङ समाजले आफ्नो सक्रियतालाई निरन्तरता दिईरहेको छ ।

समाजले होम आईसोलेसनमा बसेका कोरोना संक्रमितका घर–घरमै पुगे स्वास्थ्य सामाग्री वितरण गरेको अन्र्तराष्ट्रिय समाज बागलुङका कार्यालय प्रमुख सुरेन्द्र कँडेलले बताउनुभयो । कँडेल सहित नेपाल बिद्यार्थी संघका निवर्तमान सह–महामन्त्री तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हरिहर शर्मा, युवा नेता सिताराम रसाईली तथा श्रीकृष्ण पौडेल लगायत पत्रकारको टोली जैदि पुगेर सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

अन्तराष्ट्रिय समाज बागलुङका कार्यालय प्रमुख सुरेन्द्र कँडेलका अनुसार जैदिमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि मानसिक रुपमा स्थानियलाई अब्बल बनाउन परामर्सका साथै मास्क, स्यानिटाईजर तथा औषधीजन्य सामाग्री सिटामोल तथा भिटामिन क्याप्सुलको घर–घरमा सहयोग गरिएको छ । जैदिको बिभिन्न क्षेत्रमा २३ कोरोना संक्रमण पुष्टि भएकाले २३ जनाकै घर–घरमा पुगेर सामाग्री वितरण गरिएको कँडेलले बताउनुभयो ।

“पछिल्लो समय जैदिमा कोरोना संक्रमण समुदायस्तरमै दिन–दिनै फैलिरहेको छ, कोरोना महामारीको रोकथाम, ब्यवस्थापन तथा नियन्त्रणका लागी अन्र्तराष्ट्रिय बागलुङ समाजबाट हामी सहयोग गर्न हामी आएका हौँ ।” कंडेलले भन्नुभयो ।

हाल दक्षिण कोरियामा रहेका अन्तर्राष्ट्रिय समाज वागलुङका सचिव प्रेमसागर पौडेल लगायतको
टालीले स्वास्थ्य सामाग्री वितरण गर्नका लागि बिषेश पहल गर्नुभएको थियो । सम्पुर्ण सामाग्री जैमिनी नगरपालिका–७ का अध्यक्ष जितबहादुर राना र जैदि हेल्थपोस्टका ईन्चार्ज झलक आचार्यको रोहबरमा सामाग्री वितरण गरिएको थियो । त्यस्तै, समाजले स्थानिय हेल्थपोस्टको लागी भन्दै सिटामोल, भिटामिन, पिपिई, थर्मामिटर लगाएका सामाग्री वितरण गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *