सामुदायिक वन महासंघद्वारा काठेखोला गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग


–आदर्श अनलाइन, बागलुङ

सामुदायिक वन उपभोक्ता महासंघ (टिएफ) परियोजना अन्र्तगत काठेखोला गाउँपालिकालाई स्वास्थ्य सामाग्र हस्तान्तरण गरिएको छ । गाउँपालिकामा कोरोना महामारी संग जुध्नका लागि आवश्यक स्यानिटाइजर, माक्स, थर्ममिटर, व्लड प्रेसर मापन औजार लगायतका सामाग्री हस्तान्तरण गरिएको छ ।

गाउँपालिकालाई विपि सेट तीन थान, थर्ममिटर १० थान, ग्लोब्स १० थान, सेनिटाइजर पाँच लिटर, १६ थान स्यानिटाइजर र ४० प्याकेट सर्जिकल माक्स गाउँपालिकालाई बितरण गरिएको सामुदायिक वन उपभोक्ता महासंघ (टिएफ) परियोजना अन्र्तगत स्थानीय परियोजना संयोजक नविन गौतमले जानकारी दिनुभयो ।

स्वास्थ्य सामाग्री गाउँपालिका अध्यक्ष अम्मर बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्की स्वास्थ्य संयोजक राम चन्द्र लामालाई सामुदायिक वन उपभोक्त जिल्ला महासंघका अध्यक्ष राज थापा, सामुदायिक वन उपभोक्त जिल्ला महासंघका केन्द्रि अध्यक्ष तथा स्थानिय परियोजना संयोजक नविन गौतमले हस्तान्तरण गर्नुभएको थियो ।

हस्तान्तरणपछि गाउँपालिका अध्यक्ष अम्मर बहादुर थापाले सामुदायिक वनले कोरोना महामारी नियन्त्रणमा सहयोगी भूमिका खेलेकोमा धन्यवाद दिनुभयो । महासंघले रु. २५ हजार बराबरको स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको हो । महामारीमा गरिब तथा विपन्नले स्वास्थ्य सुरक्षा सामाग्रीको अभावमा संक्रमित हुन नपरो भन्नका लागि स्वासथय सुरक्षा सामाग्री सहयोग गरेको सामुदायिक वन उपभोक्ता जिल्ला महासंघका अध्यक्ष राज थापाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *