ढोरपाटनका संक्रमितलाई हेलीबाट पोखरा फेवा सिटी लगियो

फाइल तस्बिर

आदर्श अलनाइन, बागलुङ

जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचाररत एक कोरोना संक्रमितलाई थप उपचारका लागि हेलीबाट पोखरा लगिएको छ ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको ढोरपाटन अस्थायी कोभिड अस्पतालमा उपचाररत एक ४३ वर्षीय पुरुषलाई प्रभू एयरको हेलिकप्टर मार्फत थप उपचारका लागि पोखरा स्थित फेवा सिटि अस्पतालमा रिफर गरिएको डा. मिलन मल्लले बताउनुभयो ।

कोरोना संक्रमण भई स्वास प्रस्वासमा समस्या देखिएका उनको कोभिड अस्थायी अस्पताल बुर्तिबाङमा गत जेठ १३ गतेदेखि उपचार हुँदै आएको थियो। हाईफ्लोमा अक्सिजन दिंएर उपचार गर्दा समेत अपेक्षित सुधार नभए पछि फेवा सिटिको आइसियु कक्ष बुकिङ गरि हेली मार्फत रिफर गरिएको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताउनुभयो ।

लक्षण देखिएर स्वास्थ्य जटिलता बढ्दै गए पछि प्राथमिक स्वास्थ्य केन्द्रमा एन्टिजेन परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *