माओवादी नेता पौडेल स्वास्थ्य सामग्री सहित स्थानीय तहमा

आदर्श अनलाइन, बागलुङ
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का गण्डकी प्रदेश इञ्चार्ज तथा बागलुङ क्षेत्र नं २ का निवर्तमान सांसद देवेन्द्र पौडेलले गलकोट, बडिगाड र तमानखोला गाउँपालिकामा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

कोभिड–१९ को महामारीको कारण अप्ठ्यारोमा रहेका आप्mनो निर्वाचन क्षेत्रका नागरिकको उपचारको लागि निवर्तमान सांसद पौडेलले गलकोट नगरपालिका अस्थायी कोभिड अस्पतालको हरिचौर, बडिगाड गाउँपालिका र तमानखोला गाउँपालिकामा माक्स, स्यानिटाइजर, थर्मगन, गोलोब्सलगायत अन्य औषधिसहित २८ प्रकारका सामग्री अस्पतालका हस्तान्तरण गरेका हुन ।

हस्तान्तरण गर्दै सांसद पौडेलले जनताको जीवन रक्षाका लागि आफू सधैं जनतामाझ रहेको बताउँदै आवश्यकता अनुसार थप स्वास्थ्य सामग्री पठाउने बताए । उनले भने, ‘अन्य पालिकासँग छलफल एवम् आइशोलेसन निरीक्षणको काम भइरहेको छ, आवश्यकता अनुसार थप सामग्री फेरि ल्याउँछौं ।’

उक्त अवसरमा अस्पताका प्रमुख डाक्टर निक्सन डंगोलले कोरोना महामारीको समयमा संक्रमितको उपचारको लागि सहयोग गर्ने सहयोगदाताहरुको उदेश्य र मर्म अनुसार स्वास्थ्य सामाग्रीको सहि सदुपयोग गर्ने प्रतिबद्दता ब्यक्त गरे ।

उनले अस्पतालमा आवश्यक सामाग्रीको सहयोगले उपचारमा सहयोग पुगेको बताए । कोभिड–१९ को महामारीका बेला सांसद पौडेल अत्यावश्यक स्वास्थ्य सामग्री लिएर बागलुङको पश्चिम क्षेत्र पुगेका हुन् । उनले आज तमानखोला अस्थायी कोभिड अस्पातालमा गाउँपालिका अध्यक्ष जोकलाल बुढालाई र बडिगाड अस्थायी कोभिड अस्पतालको लागि गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजालाई स्वास्थ्य सामग्री हस्तान्त्रण गरेका छन् ।

अघिल्लो हप्ता निसीखोला अस्थायी कोभिड अस्पतालमा र ढोरपाटन अस्थायी कोभिड अस्पतालमा माक्स, स्यानिटाइजर, थर्मगन, गोलोब्सलगायत अन्य औषधिसहित ३२ प्रकारका सामग्री अस्पतालका हस्तान्तरण गरिएको पौडेलले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *