लागु औषध र भरुवा बन्दुक सहित ढोरपाटनबाट दुई पक्राउ


आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाबाट लागु औषध र भरुवा बन्दुक सहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यलय बुर्तिबाङबाट खटिएको टोलीद्वारा ढोरपाटन नगरपालिका–४ भाँगीका स्थानीय दुई युवाहरुले घरमा लुकाई छिपाई राखेको करिब दुई केजी २०० ग्राम चरेस जूतो देखिने पदार्थ, सात केजी गाँजाको धूलो र एक थान भरुवा बन्दुक बरामद गरेको छ ।

विषेश सूचनाका आधारमा खोजतलास गर्दा उनीहरुसँगबाट चरेश, गाँजाको धूलो र भरुवा बन्दुक जफत गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

उनिहरुलाई लागु औषध र भरुवा बन्दुक सहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका–४ का ३५ वर्षिय जित बहादुर पुन र सोही ठाउँका ४१ वर्षका डम्बर बहादुर पुन रहेका छन् ।

जितबहादुरको घरबाट गाजाँको धुलो र अर्का डम्बर बहादुरको घरबाट चरेस जस्तो देखिने पदार्थ, केही गाजाँको धुलो र एक नाले भरुवा बन्दुक बरामद गरिएको हो । मंगलबार राती पक्राउ गरिएका उनिहरलाई बुधबार थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइएको छ । उनिहरुलाई लागु औषध तथा हात हतियार सम्बन्धी मुद्दा चलाईएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *