बागलुङमा कोरोना नियन्त्रणमा सरोकारवालाको ध्यान नगएको भन्दै उच्च अदालतमा रिट दर्ता

आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लामा कोरोना नियन्त्रण गर्न जिल्लाका सरोकारवालाहरुको ध्यान नगएको भन्दै उच्च अदालत पोखरा बागलुङ इजालशमा बिहीबार रिट निवेदन दर्ता भएको छ । नयाँ भेरियन्टको रुपमा बागलुङमा तीव्र रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रण गर्न सरोकारवालाहरुले पूर्व तयारी नअपनाएको तथा नागरिकको जीवन रक्षाको लागि ध्यान नदिएको भन्दै रिट निवेदन दर्ता भएको छ ।

सार्वजनिक सरोकारको उक्त मुद्दामा अधिवक्ता राम शर्मा, पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेल, पत्रकार मुकेश चन्द्र राजभण्डारी र संकल्प गण्डकी प्रदेशका अध्यक्ष रावित्रा खड्काले बिहीबार विपक्षी जिल्ला प्रशासन कार्यालय बागलुङ, प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्की, जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगर, अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा. शैलेन्द्र बिक पाखरेल, स्वास्थ्य कार्यालय बागलुङ र स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौ विरुद्ध रिट निवेदन दर्ता भएको हो ।

संविधान र कानूनद्वारा प्रदत्त कर्तव्य बोध गराई आम नागरिकको बाँच्न पाउने अधिकार, स्वास्थ्य उपचार सम्बन्धी अधिकार र गुणस्तरीय सेवा पाउने अधिकारको रक्षा गर्न–गराउनका लागि तत्काल आवश्यक कदम चाल्न माग दावी गर्दै इजलास समक्ष उक्त रिट दायर गरिएको अभिवक्ता राम शर्माले जानकारी दिनुभयो ।

धौलागिरी अस्पतालमा अक्सिजनको सहज आपूर्ती, गुणस्तरीय अक्सिजन प्लान्टको स्थापना, विरामीको हसज उपचार, एम्बुलेन्सको सहजता, पिसिआर र एन्टिजेन्ट परिक्षणको दायरा बढाउन, आइसोलेसन र होम आइसोलेसन लगायत कारोना संग सम्बन्धीत सबै क्रियाकलाप नागरिकको सहजताको लागि माग गर्दै रिट निवेदन दर्ता भएको छ ।

यसैगरी कोभिड–१९ को उपचारको सन्दर्भमा अस्पताल व्यवस्थापन (प्रयोगशाला, अक्सिजन तथा भेन्टिलेटर समेत), एम्बुलेन्स समेतका लागि आवश्यक व्यवस्था मिलाउन, होमक्वारेन्टाइन र होम आइसोलेशनमा रहेका व्यक्तिको स्वास्थ्य निगरानी तथा अनुगमन गरी थप जाँच वा उपचार आवश्यक पर्ने देखिएमा प्रयोगशाला र अस्पतालसँग समन्वय गरी उक्त स्थानसम्म पु¥याउने काममा सहजिकरण गराउन रिट निवेदन दर्ता गरिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *