घाइते बालकको उपचारमा कालिका महिला समूहको ३० हजार सहयोग

आदर्श अनलाइन, बागलुङ

अविषेक बचाउ अभियानमा कालिका महिला समूह बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखा भगवती रोडले ३० हजार १९० रूपैयाँ सहयोग गरेको छ ।

रुखबाट खसेर घाइते भएका बागलुङ नगरपालिका–१३ का १८ वर्षीय अभिषेक रोकाको उपचारका लागि सहयोगार्थ महिला आमा समूहले फोन मार्फत आर्थिक संकलन गरि पीडितकी आमालाई हस्तान्तरण गरेको समूहकी अध्यक्ष विष्णु खत्रीले जानकारी दिनुभयो ।

पारिवारको आर्थिक अवस्था कमजोर भएको कारण उनको उपचार लागि सहयोग पु¥याउने उद्देश्यले आर्थिक संकलन गरि सहयोग गरिएको अध्यक्ष खत्रीले बताउनुभयो ।

५५ जनाबाट सहयोग संकलन गरि पीडित परिवारलाई बुझएको समूहकी सचिव भगवती खत्रीले बताउनुभयो । समूहले मानवीय सेवामा काम गर्दै आएको हुँदा दुख पीडामा परेकाहरुलाई आफूहरुले सहयोग गर्ने गरेको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *