कोरोना संक्रमणबाट तमानखोलाका एक पुरुषको मृत्यु

आदर्श अनलाइन, बागलुङ
कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । धौलागिरी अस्पताल बागलुङमा उपचाररत तमानखोला गाउँपापलिका वडा नम्बर ३ का ६३ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङ कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

जेठ ७ गते धौलागिरी अस्पतालमा आउनु भएका उहाँको शुक्रबार साँझ ६ : ३५ मा मृत्यु भएको घिमिरेको भनाई छ । योसँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *