राष्ट्रपति प्रतिको लान्छना अवान्छनिय भएको भन्दै अनेमसंघद्वारा गृहमन्त्रीलाई ज्ञापन पत्र


–आदर्श अनलाइन, बागलुङ

राष्ट्रपति जस्तो मर्यादित व्यक्तिलाई विभिन्न लान्छना तथा अवान्छनिय टिप्पणी भएको भन्दै अखिल नेपाल महिला संघ बागलुङले ध्यानआर्कषण भएको जनाएको छ ।

संविधानको रक्षक र देशको प्रमुख पदमा महिला भएकै कारण विभिन्न टिका टिप्पणी, समाचार तथा लान्छना लगाउने कार्य गर्ने जो कोहीलाई कानूनी कार्वाहीको माग गर्दै अनेमसंघ बागलुङले प्रमुख जिल्ला अधिकारीशिव कुमार कार्की मार्फत गृह मनलयमा ज्ञापन पत्र पठाइएको छ ।

शुक्रबार अनेमसंघ बागलुङका उपाध्यक्ष यामुना काउचाद्वारा हस्ताक्षरित ज्ञापन पत्र अनेमसंघकी नेतृ तथा र्नितमान संघीय सांसद मन कुमारी केसी सहित अनेम संघ जिल्ला समितिले राष्ट्रपतिलाई विभिन्न गाली गलौज, टिका टिप्पणी तथा सामाजिक सञ्जालमा अभद्र गतिविधि देखाउनेलाई कार्वाहीको माग गर्दै ज्ञापन पत्र बुझाइएको हो ।

सामान्य नागरिकबाट देशमा पहिलो पटक महिला राष्ट्रपति भएको सन्र्दभमा विभिन्न राजनैतिक आग्रह तथा पूर्वाग्रह राखी लान्छना लगाउने, अर्मयादित भाष प्रयोग गर्ने, अपमानजनक शव्द प्रयोग गर्ने कार्य प्रसत अखिल नेपाल महिला संघको गम्भिर ध्यानआर्कषण भएको ज्ञापन पत्रमा उल्लेख छ ।

राष्ट्रपति माथिको अवान्छनिय गतिविधिमा संम्लग्नलाई कानूनी दायरामा ल्याउन अनेमसंघ बागलुङले माग गरेको छ । ज्ञापन पत्र बुझ्दै कार्कीले ज्ञापन पत्र सम्बन्धीत निकायमा पु¥याउने प्रतिबद्धता जनाउनभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *