बल्देधुरी घटनामा संग्लन १२ युवा जेल चलान

आदर्श अनलाइन, बागलुङ
बागलुङको बल्देधुरी घटनामा संलग्न १२ जनलाई जेल चलान गरिएको छ । गत चैत १५ गते होली खेल्ने क्रममा दुईयुवालाई भीरबाट खसालेर मारेको आरोपमा पक्राउ परेका १२ जनालाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

घटनालगत्तै उनीहरुलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको थियो । पक्राउ परेका १३ जनामा हिरासतमै कोरोना संक्रमण पुष्टि भएपछि पेशी सरेको थियो । पीसीआर रिपोर्ट नेगेटिभ आएका १२ जनालाई जेल चलान गरिएको हो । एकजना अझै पोजेटिभ आएकोले आइसोलेसनमा रहेको बताइएको छ ।

जेल पठाइएका मध्ये बडिगाड गाउँपालिका वडानम्बर १० का रेशम बुढामगर, झनबहादुर बुढा, मिलन बुढा, सूर्य बुढा, कुमार छन्त्याल, तीर्थलाल बुढा, ढालबहादुर बुढा, रुपेश बुढा, बालजंग गुरुङ, यामबहादुर बुढा, तेजेन्द्र छन्त्याल रसुमन बुढा छन् ।

रेशमभन्ने भेषराज बुढाको भने पटक–पटकपीसीआर रिपोर्ट पोजेटिभ आएकोले कारागार पठाउन नसकिएको अदालतका से्रस्तेदार सूर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो । तीयुवाको ५० दिनदेखि पीसीआर पोजेटिभ देखिएको छ । 

नेपाल सरकारले पीसीआर पोजेटिभ आएको १० दिन आइसोलेसन बसेपछि स्वत डिस्चार्ज हुने मापदण्ड बनाएपनि उनको पटकपटक पोजेटिभ देखिएकोले जेल नपठाएको उहाँको भनाई छ । आदेशमा भने उनलाई पनि पुर्पक्षमा पठाउन भनिएको छ ।

उक्त घटनामा अझै ५ जना फरार छन् । मेलामा होली खेल्ने क्रममा उनीहरुले जिल्लाको निसीखोला गाउँपालिका वडानम्बर ७ का ३६ वर्षीय प्रकाशकुँवर र ३४ वषीर्य दिपक परियारलाई भीरबाट खसालेका थिए । मृतकको शव घटनास्थलदेखि ४ सय मिटर तल भेटिएको थियो ।

घटना भएलगत्तै जिल्ला प्रहरी लगायतको टोलीघटना स्थलमा गएर अनुसन्धान थालेको थियो । प्रहरीले उनीहरुलाई पटक–पटकगरि पक्राउ गरेको हो । घटनापछि फरार भएका केहीयुवाहरुलाई प्रहरीले गुल्मीको मदाने, कपिलवस्तु लगायतका स्थानबाट पक्राउ गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *