बागलुङमा अब सहकारी पनि सातामा दुई दिन खुल्ने

आदर्श अनलाइन,बागलुङ

बागलुङ जिल्लामा थप एक साता लकडाउन थप सँगै प्रशासनले सहकारी हप्तामा दुई दिन खोल्न दिने भएको छ ।

शुक्रबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले थप एक साता लकडाउन गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयमा बागलुङमा जेठ ३१ सम्म बैंक तथा वित्तीय संस्था हप्तामा दुई दिन खुल्ला गर्ने निर्णयमा शनिबार प्रशासनले पुन: अर्को सूचना जारी गर्दै सहकारीलाई समेत बैंक तथा वित्तीय संस्था अनुसार एक चौथाई कर्मचारी खटाएर खुल्ला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार बैंक वित्तीय संस्था संगै सहकारी बुधबार र आइतबार विहान ७ बजे देखि १० बजे सम्म खुला रहनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *